नेपालगन्ज : हरेक बर्ष आयोजना गरिदै आएको नेपालगन्ज साइक्लोथन ५ औं मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । एकसमारोह बिच नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट ले फ्ल्याग अफ गरि प्रतियोगिताको सुरुवात गरेका थिए । नेपालगन्ज साइक्लिङ क्लबको आयोजना तथा नेपालगन्ज उपमहानगर पालिकाको सहकार्यमा सम्पनन प्रतियोगितामा विभिन्न ५ बिधाका साइकलका खेल समेटिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
३५ किलोमीटर तर्फ एमटिभी पुरुषमा देव बहादुर बोहरा प्रथम भएका छन भने जङ्गु थारु द्धितिय र शिवप्रसाद थारुले तृतीय स्थान हासिल गरेका थिए । २५ किलोमीटर एमटिभी महिलातर्फ प्रथम रुपा थारु भइन भने द्धितिय सीता सार्की र तृतिय र्पार्वती सार्की भइन । बिजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन् । यसैगरी ४० बर्ष माथिको एमटिभी मास्टर समुहमा प्रतिस्पर्धा गर्दै दिपक मल्ल प्रथम भए बाबुराम बिश्वकर्मा द्धितिय र किरणप्रसाद श्रेष्ठ तृतीय भए ।
साधारण साइकल पुरुष तर्फको उपाधी रमेशकुमार थारुले जिते । लिखनप्रसाद थारु द्धितिय र जुगलाल थारुले तृतीय स्थानमा चित्त बुझाए । साधारण साइकल महिला तर्फ को उपाधी इन्दिरा थारु प्रथम भइन । मिनाकुमारी थारु द्धितिय र कल्पना सार्की तृतीय भए । आज भएको साइकलका इभेन्टमा सहोदर दिदिबहिनी कल्पना , सीता र पार्वती सार्कीले प्रतिस्पर्धामा जित निकाले ।
प्रतियोगितामा बिजेतालाइ नगद/मेडल र प्रमाणपत्र नेपालगन्जका मेयर प्रशान्त बिष्टले प्रदान गरे । एमटिभी पुरुष तर्फ का प्रथम / द्धितिय र तृतीय लाई बिबि साइकल सेन्टर र महिला तर्फ नेपालगन्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचीव कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए । कार्यक्रम क्लबका अध्यक्ष निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका तर्फबाट अध्यक्ष निरौलाले प्रतियोगिताले नयाँ खेलाडि उत्पादनमा विषेश जोड दिएको बताए । नेपालगन्जमा साइकल लेनको आवश्यकता रहेकोले यस तर्फ उप महानगरपालिकाले योजना बनाउन आग्रह गरे । नेपालगन्ज उप महानगरपालिकाका मेयर विष्टले नेपालगन्जमा साइकल लेन बनाउने प्रतिवद्धता जनाए । साइकल लेन सहितका व्यवस्थित सडकको परिकल्पना उप महानगरपालिकाले गरेको मेयर विष्टले जनाए ।
साइक्लिङलाई स्वास्थ्य , खेलकुद , पर्यावरण र पर्यटनसंग जोडेर नियमित रूपमा काम गरिरहेको समेत क्लबका कोषाध्यक्ष राजेस गुप्ताले बताए । प्रतियोगितामा सबै बिधामा गरि ६७ जना महिला / पुरुष ले सहभागिता जनाएका थिए।