रनियापुरबाट गाईको मासु कोहलपुर लैजादै गर्दा बरामत

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुरबाट गाई÷गोरुको मासु कोहलपुर लैजाने क्रममा बरामत गरिएको छ ।

खजुराको इलाका प्रहरी कार्यालय धनौली बाट खटिएको टोलिले बैजानाथ गाउँपालिका वडा नम्बर ८ स्थित बाट अटो रिक्सामा लोड गरिएको बोरामा राखिएको मासुलाई बरामत गरेको हो । बर्षौदेखि बाँकेको खजुरा रनियापुर क्षेत्रमा गाईको मासु काट्ने र कोहलपुर, नेपालगन्जका होटलहरुमा विक्रि गर्ने गरेको स्थानिय बताउँछन ।

१३ वटा बोरामा रहेको बोनलेस छाला रहित मासु बरामत गरि इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्टो खनेर नष्ट गरेको हो । झण्डै ६ कुइटल ५० केजि बढि मासु रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । गाईको मासु हो या होइन भनेर ल्याव परिक्षणको लागि ल्यावमा पठाइएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीले जानकारी दिए ।

गाई ÷गोरु दैनिक काटिने तर कार्वाही केहि नहुँदा यो समस्या नरोकीएको स्थानिय बताउँछन । गाउँमा यसको विरुद्ध बोल्न पनि डर छ त्यसैले कोहि केहि भन्दैनन् । बेवारिसे अवस्थामा फेला परेको रिक्सा सहितको मासुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक रेग्मीले जनाए ।

प्रतिक्रिया