राजेश हमालले भने – अबको ५ वर्षमा म पनि उम्मेदवार

काठमाडौं : अभिनेता राजेश हमालले राजनीतिमा आउने संकेत गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको जारी निर्वाचनअन्तर्गत आइतबार मतदान गरेपछि हमालले राजनीतिमा आउने संकेत गरेका हुन्।

काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हमालले अबको ५ वर्षपछि आफू पनि उम्मेदवारको रुपमा देखिने बताए। अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रूपमा प्रस्तुत हुने उनले बताए। अहिले आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको र ५ वर्ष पछि नेपाली राजनीतिमा आउने उनको भनाइ छ।

‘आजको यो चुनावबाट जुन परिणाम आउँछ त्यसले एउटा नयाँ मार्ग निर्देशित गर्छ। त्यो नयाँ मार्ग निर्देशित गरेपछि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्तिहरू धेरै हुन्छन्,’ उनले भने, ‘मेरो पनि त्यही नै योजना छ। आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु। अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रूपमा देख्नुहुनेछ।’

प्रतिक्रिया