नेपालगन्जमा विनोद अग्रहरीको घण्टी ‘रोड सो’

नेपालगन्ज : बाँकेको नेपालगन्जमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विनोद अग्रहरीले घण्टी र्याली ‘रोड सो’ गरेका छन् । बोर्ड बनाएर अग्रहरीले आफ्ना सहयोगीहरु सहित नेपालगन्ज बजारको परिकर्मा गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टि क्षेत्र नम्बर २ ले अरु कसैले नगरेको नयाँ पन दिन र बातावरण स्वस्च्छ राख्न यस किसिमको रोड सो गरिएको प्रदेश कार्यसमिति सदस्य निलराज अधिकारी बताउँछन ।

यो र्यालि हाल सम्मकै नौलो र आर्कषक रहेको स्थानिय बताउँछन । न मोटर साइकल, नत कार न कुनै साउण्ड सिस्टम कसैलाई असर नपार्ने गरि र्याली निकालिएको क्षेत्र नम्बर २ का उम्मेदवार विनोद अग्रहरीले बताए ।

प्रसार प्रचारको शैलि मध्य यो एक रहेको अग्रहरी जानकारी दिए । रोड सो नेपालगन्जको सेतु विक चोक बाट सुरु भई बसपार्क, पुस्पलाल चोक, कारकाँदो, धम्बोझी, विपि चोक, त्रिभुवन चोक लगाएत अन्य चोकहरुमा गरिएको थियो । एक चोकमा २० मिनेट रोड सो गरिएको अग्रहरीले जानकारी दिए । अनावश्यक खर्च नगर्ने मनसायले सामान्य रुपमा र्याली र ‘रोड सो’ गरिएको उनले जानकारी दिए । ‘रोड सो’ का केहि तस्बिरहरु :

प्रतिक्रिया