युवाहरुलाई व्यवसाय प्रवद्र्धनका लागी डिजिटल प्रविधिको प्रयोग बारे अभिमुखिकरण

सामाजिक बिकास मञ्च तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित POWER 4 परियोजना अन्तर्गत २० जना व्यवसाय स्थापना गरिसकेका युवाहरुलाई व्यवसाय प्रवद्र्धनका लागी डिजिटल प्रविधिको प्रयोग बारे अभिमुखिकरण नेपालगञ्जमा सञ्चालन गरिएको छ ।

सो परियोजना मार्फत नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका सिमान्तकृत समुदायका १८ देखि २४ वर्ष उमेर समुहका युवाहरुलाई लक्षित गर्देै २० जना युवाहरुलाई लघुउद्यम तथा २० जना युवाहरुलाई व्यवसायिक सिप बिकास तालिम प्रदान गरिएको थियो । तालिम प्राप्त सम्पुर्ण युवाहरुलाई सँस्था मार्फत व्यवसाय स्थापनार्थ आर्थिक सहयोग पनि गरिएको थियो । हाल सबै तालिम प्राप्त युवाहरुले आ आफनो सिप अनुसारको बुटिक, व्युटिपार्लर, गरगहना बनाउने, किराना पसल जस्ता व्यवसाय स्थापना गरिसकेका छन् ।

त्यसैले सो युवाहरुको व्यवसाय प्रवद्र्धनका निम्ति सँस्थाले नेपालगञ्जको चर्चित फेसबुक गु्रप नेपालगञ्ज ग्यालरी सँगको सहकार्यमा फेसबुक तथा टिक टक जस्ता सामाजिक सञ्जालको प्रयोग बाट पनि आफनो व्यवसाय कसरी बिस्तार गर्न सकिन्छ भनि १ दिने अभिमुखिकरण प्रदान गरिएको थियो । सो कार्यक्रमको सहजीकरण पत्रकार समिर मान श्रेष्ठले गर्नुभएको थियो । तालिमको दौरान नै १५ जना युवाहरुले आफनो व्यवसायको फेसबुक पेज बनाएका थिए तथा सहभागीहरुले आजको अभिमुखिकरण कार्यक्रम निकै उपलब्धीमूलक भएको र यसले आ आफनो व्यवसाय विस्तार गर्नलाई मदत पुग्ने जनाएका थिए ।

प्रतिक्रिया