सुनको भाउ तोलाको ९८ हजार

काठमाडौँ : केही दिनयता उकालो लागेको सुनको भाउ मंगलबार तोलाको ९८ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार बढी हो ।

दुई सातामै सुनको मूल्य ५ हजार १ सय बढेको छ । कात्तिक १५ गते प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत वर्षको फागुनमा सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया