कैलाली । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएकाे छ। कैलालीस्थित त्रिनगर नाका, टिकापुरको खक्रौला र कञ्चनपुरको गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको हाे।
नेपाल-भारत सीमा नाका आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुने छ। जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाइएको छ।