नरैनापुरका गाउँहरुमा आनन्दबाबुको घरदैलो

नेपालगन्ज : बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका आनन्द बाबु काफ्लेले जिल्लाकै दुर्गम गाउँहरुमा घरदैलो गरिरहेका छन । जहाँ अहिलेसम्म कुनै राजनितिक दलहरुका उम्मेदवार पुगेका छैनन् । केहिदिन देखि नरैनापुरमा घरदैलो गरिरहेका काफ्लेले मतदाता रिझाउँन लागिपरेका छन ।

नरैनापुरका जनता अधिकाशं कृषि क्षेत्रमा आश्रित रहेकाले पनि कृषि विकासमा नरैनापुरलाई अघि बढाइने उनले जोड दिए । नरैनापुरका मतदाताले समयमै मल वीउ र सिचाँई दिन सक्ने नेतालाई मात्र आफुहरुले मतदिने कुरा गरेका थिए । उम्मेदवार काफ्लेले आफु विजयि भएपछि विशेष गरि नरैनापुरका जनताको सुनुवाई हुनेगरी कार्य गर्ने प्रतिवद्धता जनाए । पछिल्ला दिनमा आनन्दबाबुलाई साथ दिने र हौसला दिनेहरु बढ्दै गइरहेको छ ।

यसपटक जनताले आफ्नो मत बदल्नेमा काफ्ले ढुक्क रहेका छन । काफ्ले भन्छन्, धेरै पटक जनतालाई झुक्काउने र मत लिने काम धेरैबाट भयो जनता यसबाट आजित भइसकेका छन । तसर्थ जनताले मलाई नै रोज्नेमा ढुक्क छु –उनले भने ।

प्रतिक्रिया