ओ सी ए सेमिनारमा सहभागी टाेलीलाई बक्सिङ संघद्वारा स्वागत 

काठमाडौं । उज्वेकिस्तानको तास्कन सहरमा आयोजित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) (नोभेम्बर ३-७, २०२२ सम्म ) द्वारा रिफ्री र प्रशिक्षक सेमिनार ओसीए स्टेज-२ खेलकुद विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका अन्तरास्ट्रिय वान स्टार रेफ्रि रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार काेच दिपक महर्जन, राष्ट्रिय प्रक्षिक्षक कृष्ना सुनार सहितकाे नेपाली बक्सिङ प्राविधिक टोलीलाई नेपाल बक्सिङ संघले स्वदेशी भुममा स्वागत गरेको छ ।

ओलम्पिक परिषद अफ यशियाद्वारा आयाेजित उक्त सेमिनार सफलतापूर्वक सम्पन्न गरि फर्केका IBA थ्री स्टार प्रशिक्षक दीपक महर्जन, राष्ट्रिय प्रशिक्षक कृष्ण सुनार र IBA वान स्टार रिफ्री रामचन्द्र थापा मगर र धनकुमार मैनालीलाई नेपाल बक्सिङ संघका प्रवक्ता श्याम काजि अवले, केन्द्रीय सदस्य मान बहादुर भण्डारी आईबा वान स्टार रेफ्रि ताराराम श्रेष्ठ, राष्ट्रिय रेफ्रि/जज सुवर्ण सापकाेटा लगाएतका टाेलिले स्वातग गर्दै बधाई ज्ञापन गरेकाे छ ।

 नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उक्त महत्त्वपूर्ण अवसर र सम्पूर्ण व्यवस्था प्रदान गरेकोमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया