बालिका तथा समावेशी शिक्षा सञ्जाल पदाधिकारीहरुको बैठक सम्पन्न

नेपालगन्ज : बाँकेको खजुरामा बालिका तथा समावेशी शिक्षा सञ्जाल पदाधिकारीहरुको बैठक बसेको छ । युकेएडको आर्थिक सहयोग, एचआई र भिएसओको साझेदारीमा अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक नेपाल) द्धारा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा(इन्गेज) परियोजनाको आयोजनामा एक दिने बैठक गरिएको हो ।

बैठकको सहजिकरण परियोजना अधिकृत सत्यनाराण चौधरी, लालसरी थापा, सुनिता पन्त लगाएतले सहजिकरण गरेका थिए । कार्यक्रममा परियोजना पछि पनि गर्न सकिने भावि योजना समेत बैठकले तयार पारेको छ । कार्यक्रममा पालिकास्तरमा सञ्जालले गरेका क्रियाकलापको समिक्षा भएको थियो । बैठकमा बाँके जिल्लामा संचालित कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र खजुरा गाउँपालिका स्थरमा गठित सञ्जालका पदाधिकारी, व्यवसायमा लागेका किशोरी, विद्यालयमा जाने किशोरी लगाएतको उपस्थिती रहेको परियोजना संयोजक गणेश भुजेलले जानकारी दिए ।

बैठकमा बाल संरक्षण र शुरक्षाको बारेमा जानकारी, बालिका तथा समावेशी शिक्षा सञ्जाल परिषदको काम कर्तव्यका बारेमा जानकारी, योजनाहरु निर्माण लगाएतका विषयमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया