पाठ्यक्रम निर्माण, परिमार्जन अन्तरप्रदेश गोष्ठि सम्पन्न

नेपालगन्ज : बाँकेको खजुरामा तालिम पाठ्यक्रम निर्माण, परिमार्जन अन्तरप्रदेश अनुभव आदान प्रदान गोष्ठि सम्पन्न भएको छ । कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराको आयोजनामा भएको दुई दिने गोष्ठिमा आफ्ना अनुभव आदान प्रदान गर्नुका सार्थै पाठ्यक्रम निर्माण र परिमार्जनका विषयमा चर्चा गरिएको थियो ।

कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेको अध्यक्षतामा भएको गोष्ठिमा विभिन्न निर्णय समेत गरिएको छ । कृषि सुचना तथा प्रशिक्षण केन्द्रले सबै प्रदेशका कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको समन्वयमा पाठ्यक्रममा एक रुपता ल्याउन सहजिकरण गर्ने कार्यक्रमकालागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै गोष्ठिले तालिमका लागि निर्देशक समिति र पाठ्यक्रम परिमार्जन समिति निर्माण तथा तालिम निर्देशिका निर्माण गरि सबै तहहरुबाट संचालित तालिममा एकरुपता ल्याउन पहल गर्ने निणर्य गरेको हो ।

गोष्ठिमा चार समुह निर्माण गरेर लिइएको सुझावहरुलाई समावेश गरि पाठ्यक्रम तयार पार्ने पनि निर्णय भएको कार्यालय प्रमुख घिमिरेले जनाए । कार्यक्रममा सुदुरपश्चिम, कर्णाली र १ नम्बर प्रदेशका कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रका प्रतिनिधि, कृषि सञ्चार तथा प्रशिक्षण केन्द्रका प्रतिनिधि, रोल्पा, प्युठान, बाँके र बर्दियाका कृषक लगाएत सरोकारवालाहरु ४१ ज्नाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया