खजुरामा गाई र भैसीको लागि सुत्केरी भत्ता

नेपालगन्ज : बाँकेको खजुरामा गाई÷भैसीको लागि सुत्केरी भत्ता दिन सुरु गरिएको छ । खजुरा गाउँपालिकाको पशु सेवा शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुत्केरी भत्ता वितरणको सुरुवात गरेको हो ।

पशुसेवा शाखाको सुत्केरी स्यार सुसार तथा पोषण सामाग्री खरिद कार्यक्रम अन्तरर्गत गाउँपालिकामा रहेका २६० जना किसानले पालन गरेका २७३ सुत्केरी गाई÷भैसीको लागि भत्ता उपलव्ध गराइएको शाखा प्रमुख कर्ण बहादुर खत्रिले जानकारी दिए । जसमा ६१ गाई र २१२ भैसी रहेका छन ।

१५ सय का दरले नगद भत्ता प्रदान गरिएको शाखा प्रमुख खत्रिले जनाए । सुत्केरी भत्ता वितरण कार्यक्रमको उद्घाटनमा वडा नम्बर तिनका वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेष लगाएतको उपस्थिती रहेको थियो । पहिलो दिन ३ र ४ नम्बर वडाका किसानलाई सुत्केरी भत्ता वितरण गरिएको र अन्य वडालाई क्रमस वितरण गर्दै लैजाने शाखाले जनाएको छ ।

प्रतिक्रिया