राप्ती सोनारीमा राष्ट्रपति रनिङ शिल्डको तयारी तिव्र

अगैया : राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको आयोजना व्यवस्थापनमा १४औं राष्ट्रपति रनिंग शिल्ड तथा अध्यक्ष कप चौथौं खेलकूद प्रतियोगिता फागुन १८ देखी २१ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । फिल्ड व्यवस्थापन समिती, अतिथी संस्कार समिती, प्रचार प्रसार समिती, प्रतियोगिता निरिक्षण र अनुमगन समिती, खेलकुद समिती लगायत अन्य समिती गठन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले जानकारी दिए । प्रतियोगितामा १०० मिटर, २०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड र ४ह१०० र ४ह४०० रिले दौड संचालन हुने भएका छन् ।

https://fb.watch/bsFIDpyv59/

त्यसैगरी हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको प्रधानाध्यापक आचार्यले बताए । आधारभुत बिद्यालय स्तरिय कुर्सी दौड र गणित दौड छात्रा÷छात्र भलिबल खेल सञ्चालन गरिने भएको छ । खेलकुदमा सहभागी प्राथमिक तहको विद्यालयलाई शुल्क वापत १५ सय, आधारभूत तहको विद्यालयलाई २००० र मा.वि तहको विद्यालयलाई ३ हजार शुल्क लिने निर्णय समेत भएको आयोजक विद्यालयका प्रधान्ध्यापक लक्ष्मण आचार्यले बताए ।

रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिव ७२ वटा बिद्यालयले सहभागिता जनाउने भएका छन् । खेलकूदमा सहभागी हुने विद्यार्थी तथा खेलाडीहरुले आफ्नो विवरण खुल्ने गरी निर्धारित राप्ती सोनारी गाउँपालिकाको नियमानुसारको ढाँचामा फाराम भरी फागुन १६ गतेभित्र लक्ष्मी माध्यमिक विद्यालयको कार्यालयमा पेश समेत गरिसक्नु पर्ने बताईएको छ ।

प्रतिक्रिया