नेपालगन्ज : आनन्द बाबु काफ्ले । जो बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन । काफ्लेको पहिलेको र अहिलेको दिन चर्या पुरै परिवर्तन भएको छ । विहान ६ बजे उनि घरबाट निस्कन्छन र राति सुत्न मात्र आउँछन । यो उनको घरमा देखिने दृश्य हो ।
विहानै देखि मतदाता भेटघाट र कार्यकर्ता साथिहरुसंग योजना बनाउने र कार्यन्वयनका लागि लागि पर्छन । विगतका वर्षहरुमा विभिन्न राजनितिक दलले जनतालाई आशा देखाएर खासै राम्रो काम गर्न नसकेको स्वयम जनताले उनलाई सुनाउने र यस पटक नयाँलाई पालो दिन पर्छ भनेर भनेको सुन्दा उनलाई एक किसिमको हौसला आएको छ । सुरुमा नयाँ पार्टिलाई कसैले नचिन्ने भएर केहि समसया भएको थियो ।
अहिले अवस्था फेरीएको छ । मनमनमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम छापिएका छन र सोहि अनुसार मत पनि आउनेमा काफ्ले विस्वस्थ छन । आइतबार दिउँसो कोहलपुर बजारमा गरिएको चुनावि आमसभामा आउने समर्थकहरुको साथ पाएर पनि काफ्लेको हौसला बढेको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार काफ्ले भन्छन्, मैले चुनाव जितेमात्र क्षेत्र नम्बर १ का जनताको जित हुन्छ । उनले भने–देशमा भष्टचारले सिमा नाघिसकेको छ त्यसैले पनि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा भाग लिएको र जित्नै पर्ने आवश्यकता रहेको उल्लेख गरे । जो जुनसुकै पार्टिमा रहेपनि यसपालि आफ्नो मत मात्र परिवर्तन गरिदिए सम्पुर्ण नेपालिको हित हुने काफ्लेले जनाए ।