रवि आएपछि अग्रहरीको चुनावी माहोल झनै बलियो

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विनोद अग्रहरीको चुनावी माहोल बलियो हुदै गएको छ । हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले नेपालगन्ज आएर अग्रहरीको पक्षमा मत दिन मतदातालाई आग्रह गरेपछि माहोल झनै राम्रो बनेको जिल्ला सभापति लक्ष्मि तिवारीले बताइन ।

रवि लामिछानेले जनताले यो पटक मत परिवर्तन गर्न आवश्यक रहेको भन्दै अग्रहरीको हात समाएर उम्मेदवार चिनाएका थिए । त्रिभुवन चोकमा केहि बेर अग्रहरीको प्रसन्सा गरेका रविले एक असल उम्मेदवार पार्टिले उठाएकाले कुनै संखा विनै मत दिन आग्रह गरेका थिए । रविको आगमन पछि अग्रहरीको चुनावी माहोल बनेको स्थानिय बताउँछन । जनताको मत लिएर गएपछि काम नगरेको खण्डमा यहि चोकमा ल्याएर जनतालाई बुझाउने छु, रविले भने– त्यसपछि तपाईहरुले के गर्ने हो गर्नुहोला ।

घरदैलोलाई मुख्य प्राथमिकता दिएका अग्रहरीले दोह्राएर मतदाताको घरदैलोमा जाने योजनामा छन । जनताले पनि नयाँ र केहि गर्न सक्ने उम्मेदवार खोजेको भएर यस पटक आफुलाई मतदाताले रोजाइमा पार्ने अग्रहरीले बताए । अग्रहरीको चुनावी प्रसारमा अग्रपंथीमा देखिने राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सदस्य निलराज अधिकारीले नयाँ पार्टि र नयाँ अनुहार मतदाताले खोजेकाले जित हासिल वगर्न धेरै तामझाम गर्न आवश्यक नरहेको बताए ।

बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अग्रहरीले हालको परिस्थिती सुधार्न नै राजनितिमा आएको उल्लेख गरेका छन ।

प्रतिक्रिया