दैलेखका जनता मेरा मुटु हुन् – विनोदकुमार शाह

दैलेख : दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का लागि चुनावि मैदानमा होमिएका विनोदकुमार शाहलाई मतदाताको उत्साहजनक साथ मिलिरहेको छ । चुनावलाई स्थानियले समेत पर्वको रुपमा लिएर प्रचार प्रसारमा हिडेका छन । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका शाह दैलेखी कम्युनिष्ट आन्दोलन र इतिहासको सतिसाल रहेका जसले जिन्दगीको सम्पुर्ण समय दैलेख कै बिकास र समृद्धिमा खर्च गरेको स्थानिय बताउँछन ।

दिनदुखी ,गरिब,असहाय ,अपाङ्ग र बिरामीको सेवा सत्कारमा सधै अग्रसर भएर शाह उभिने गरेकाले मतदाताको मन जितेको एक मतदाताले बताए । जनताको कामका लागि शाह सधै अग्रपन्तथीमा उभिने गरेको अर्का मतदाताले जनाए । अरु उम्मेदवार र नेताहरु त धेरै होला तर राज्यका निकायमा आफ्नो जबर्जस्त पहुँच पुर्याउन सक्ने, मागेर नमिल्दा बिकास निर्माणका आयोजनाहरु खोसेर ल्याउन सक्ने, राज्यका निकायमा अव्वल रुपमा समन्वय र सहकार्य गरी दैलेख र दैलेखी जनताको बर्चस्व राख्न सक्ने, नेतृत्वमा हुनु पर्ने सबै गुण भएको ,संसदीय परिपाटी र महत्व बुझेको नेता हो एक स्थानियले शाहको बारेमा बोल्दै यस्तो भनेका हुन ।

शाहको निर्वाचन क्षेत्र न. २ (ख) प्रदेश अन्तर्गत आठबीस नगरपालिका ,चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटिकाँध बासी जनता माझमा साथ लिन पुगिरहेका उनि जनताको विस्वासलाई कायम राख्ने गरि काम गर्ने प्रतिवद्धता जनाए । दैलेखका जनताको लागि नै मैले राजनिति गरिरहेको छु । जब दैलेख समृद्ध बन्छ अनि मेरा सपना पनि पुरा हुन्छ । मेरो मुटु जस्तो हेरविचार दैलेखि जनताको गर्नेछु । यसमा जनताको साथ चाहिएको छ । दैलेखमा एक लोकप्रीय नेताका रुपमा आफ्नो छवि बनाउनुभएका शाहको उम्मेदवारी पछि उहाँलाई समर्थन गर्नेहरु समेत बढ्दै गएको एमाले कार्यकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया