भष्ट्रचारको हिसाब संसदको रोष्टमबाट माग्छु– रवि लामिछाने

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सम्म भएका एक एक भष्ट्रचारको हिसाब सम्सदको रोष्टमबाट माग्ने बताएका छन । देशलाई मरभुमि बनाउन कसिनेहरुलाई पाखा लगाएर छाड्ने बताए । आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने उनले बताए ।

नेपालगन्जमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा समेत गरे । यस पटक युवाको भविस्यको लागि, आफ्नो परिवारको लागि, बालबालिका तथा बृद्ध बाआमाको लागि भोट हाल्न अपिल गर्दै लामिछानेले स्वदेशमै स्वरोजगारी सिर्जना गरि स्वदेशमै बस्ने बातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई विस्वासको मत दिन आग्रह गरे ।

उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि विदेश जानु नपर्ने प्रतिवद्धता जनाए । ‘आफ्नो बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको छु र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ लामिछानेले भने– ‘देशमा बेतिथिले जरो गाढेकाले यसको औषधि गर्ने बेला आएको बताए ।’ यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न उपस्थित सबैलाई आह्वान पनि उनले गरे । यहाँ देशको कुरा छ, कुनै व्यक्ति बनाउने होइन । म हरेक टोल टोलमा घण्टी बजाउन पुग्नेछु । म नपुगेको ठाउँमा हाम्रो प्रतिनिधि मार्फत पुग्ने नै छौं ।

हरेक जनमनले यो बेला एकदमै सोचेर भोट गर्नुपर्ने हुन्छ । रविले सबै सचेत नागरिकलाई देशको लागि सोचेर परिवर्तनका लागि मत हाल्न अनुरोध समेत गरे । रवि लामिछाने आइतबार सुर्खेत हुदै बाँकेको कोहलपुर, नेपालगन्ज र खजुराको चुनावी सभालाई सम्बोधन गरेका हुन । रविको पक्षमा नारा लगाएर युवाहरुले साथ दिएका थिए । नेपालगन्जमा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद अग्रहरीले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया