भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगञ्जमा फैलिएको क्यासिनो कल्चरका कारण पछिल्लो समय लुम्बिनी प्रदेशले समेत आफूलाई लगानीयोग्य प्रदेशका रुपमा स्थापित गराइरहेको छ । तथ्यांक अनुसार लुम्बिनीमा तारे होटलको संख्या १६ पुगिसकेको छ । यसमध्ये अधिकांश होटल पछिल्लो केही वर्षयता मात्र खुलेका हुन् । लुम्बिनीमा थप स्तरीय होटल निर्माणका क्रममा समेत रहेका छन् । यसले केही वर्ष भित्रै लुम्बिनी आतिथ्य सेवाको हब बन्ने देखिन्छ । तारे होटलमा भएको लगानीका दृष्टिकोणबाट मधेश प्रदेश चौथो स्थानमा छ ।
यहाँ कुल ७ वटा तारे होटल खुलेका छन् । यसमा औद्योगिक क्षेत्रका सिमरा र वीरगञ्जको ठूलो भूमिका छ । पाँचौ स्थानमा प्रदेश नम्बर १ रहेको छ । जहाँ तारे होटलको संख्या मात्र ५ वटा छन् । जसमध्ये झापामा अघिल्लो वर्ष खुलेको एक पाँचतारे होटल समेत समावेश छ । छैठौं स्थानमा सुदूरपश्चिम प्रदेश छ । जहाँ तीन वटा तारे होटल खुलेका छन् । पाँचतारे होटलमा पछिल्लो समय लुम्बिनीमा लगानी केन्द्रित भएको देखिन्छ । लुम्बिनीमा पाँचतारे होटलको संख्या तीन पुगेको छ । जुन गण्डकी प्रदेश भन्दा धेरै हो ।
कुन प्रदेशमा कति तारे होटल ?
प्रदेश एक तारे दुई तारे तीन तारे चार तारे पाँच तारे कुल १ १ १ २ – १ ५ मधेश २ ३ १ १ ७ बागमती २४ २७ २४ ६ १० ९१ गण्डकी २ ८ २ ४ २ १८ लुम्बिनी ३ २ ४ ४ ३ १६ कर्णाली – – – – – – सुदूरपश्चिम २ – – १ – ३ कुल ३४ ४१ ३३ १६ १६ १४० बागमतीका तारे होटलमा १० हजार पाहुना राख्न सक्ने क्षमता होटल संख्यासँगै होटलका कोठा र बेडमा समेत बागमती प्रदेश सबैभन्दा समृद्ध छ । बागमतीले एकै दिन करिब १० हजार पाहुनालाई तारे स्तरका होटलमा सेवा दिन सक्छन् । यो तारे होटलको मात्र क्षमता हो । यसबाहेक पर्यटक स्तरीय होटलको संख्या समेत बागमतीमा धेरै छ । बागमतीमा तारे होटलमा कुल ५८५६ वटा कोठा रहेका छन् । जसमध्ये पाँचतारे होटलका कोठाको संख्या मात्र १९७४ वटा रहेको छ ।
बागमतीले एक दिनमा पाँचतारे होटलमा ३ हजार पाहुनालाई सेवा दिन सक्छ । गण्डकी प्रदेशमा तारे होटलमा कुल १०५२ वटा कोठा छन् । जसले एक रातमा १८२६ जनालाई राख्न सक्छ । लुम्बिनी प्रदेशमा कुल ८१५ वटा कोठा तारे होटलमा छन् । यी कोटामा १२८७ जनाले एकै पटक सेवा लिन सक्छन् ।