
दैलेख : आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का लागि नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका बिनोद कुमार शाहले आफ्नो सक्रियता बढाउदै लैजानुभएको छ ।
दैलेखमा एक लोकप्रीय नेताका रुपमा आफ्नो छवि बनाउनुभएका शाहको उम्मेदवारी पछि उहाँलाई समर्थन गर्नेहरु समेत बढ्दै गएको एमाले कार्यकर्ताहरुको भनाई छ । समृद्ध दैलेख निर्माणका लागि शाहले मतदाता माझ आफ्ना प्रतिवद्धताहरु अघि सारेका छन । शाहले समयानुकुल ऐन निर्माण, गुणस्तरीय शिक्षा र आधुनिक भौतिक पुर्वाधार, नागरिक प्रति उत्तरदायि सरकार, सबैको स्वास्थ्य विमा र निशुल्क उपचार, शुरक्षित छाना पुग्छ सबैको चाहना, उज्यालो निर्वाचन क्षेत्र घरघरमा विद्युत, कुलो पोखरी र नहरको प्रयोग खेतियोग्य जमिनको सदुपयोग, समृद्धिको नाता सबैको बैंक खाता, कृषि उत्पादनमा वृद्धि पाँच वर्ष भित्र समृद्धि, नयाँ गन्तव्यको पहिचान र आन्तरीक पर्यटकलाई प्रोत्साहन, हामि सामाजिक सभ्य नागरिक हाम्रो अर्थ १०० खर्व लगाएतको बुदालाई मुख्य प्राथमिकता दिएका हुन ।
अहिले घरदैलो अभियानलाई मुख्य ध्यान दिदै जनताको समस्या बुझने र आफ्ना कुरा राख्दै आएको उम्मेदवार शाहले जनाउनु भयो । प्रदेश सभा सदस्य पदको लागि जनताले आफुलाई रोज्नेमा विस्वस्थ रहेको शाहले बताउनुभयो । एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहनुभएका शाहले उम्मेदवारी दिइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका जोखिमयुक्त बस्तिका विषयमा जानकारी लिने, पछाडि परेका समुदायका समस्यालाई दिर्घकालिन समाधान सहितको योजना बनाउने, किसानहरुलाई व्यवसायिक बनाउने कार्यलाई थप जोड दिदै उहाँ जनतामाझमा पुगिरहनु भएको छ । घरदैलो एकसरो सकिसकेको अवस्था छ प्रदेश सभा सदस्य शाहले जानकारी दिदै भन्नुभयो ।
२०४२ सालमा प्रधान पन्च रहेका शाहको राजनितिक जिवनले लामो दुरी पार गरिसकेको छ । २०५१ मा दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका शाहले यस पटक भने प्रदेश सभामा उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारीलाई भविष्यको मुख्यमन्त्रिका रुपमा समेत हेरिएको स्थानिय बताउँछन ।
२०३२ सालमा पन्चायत विरोधि आन्दोलनमा लाग्नु भएका उहाँ राजनितिक जिवनको उतारचढावका बेला दुई पटक जेल जिवन पनि विताई सक्नुभएको छ । माओबादि केन्द्रबाट उम्मेदवार बन्नु भएका योगेन्द्र शाही उहाँका मुख्य प्रतिस्प्रधि हुनुहुन्छ ।
योगेन्द्र शाहि पनि एमाले बाट माओबादिमा गएर उम्मेदवार बन्नुभएको हो । दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ अन्तर्गत आठविस नगरपालिका, चामुन्डा विन्द्राशैनी नगरपालिका र ठाँटीकाध गाउँपालिका पर्दछन । बिनोद शाह राजनितिमा खारिएका नेता भएकाले पनि उहाँको पकड राम्रो रहेको स्थानिय बताउँछन । स्थानिय देखि केन्द्र सम्म एक किसिमको पहुँच पुगेको नेता भएकाले पनि शाहको सम्भावना राम्रो देखिएको बताइन्छ ।


