अग्रहरीले सार्वजनिक गरे बाचा पत्र (पुर्ण पाठ सहित )

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन । आज पत्रकार भेटघाटको आयोजना गरि अग्रहरीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई मुख्य बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन । समस्या मात्र देखाएर आफुले जनतासंग साथ नमागेको बताउदै उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए । उनले बाँके जिल्लाको खस्कदै गएको अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिएको उल्लेख गरे ।

यस्ता छन् अग्रहरीले सार्वजनिक गरेको बाचा पत्र

शिक्षा क्षेत्र सुधार
IT Education & Training बालबालिकाहरुलाई विद्यालय स्तरबाट सूचना प्रविधि सम्बन्धी औपचारिक शिक्षा दिने र युवालाई सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको व्यवसायिक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप लगायतका देशमा नेपालबाटै पीआर र वर्किङ भीषामा पठाउने व्यवस्था गरिनेछ । (अन्तर्राष्ट्रिय बजारमा सूचना प्रविधिका दक्ष जनशक्तिको उच्च माग रहेको छ । मसँग स्वदेश र विदेशमा सूचना प्रविधि क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ ।
E-Learning
मदरसा, गुरुकुल र गुम्बामा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षाको रुपमा दैनिक कम्तीमा पनि १ घण्टा डिजिटल प्रविधिबाट शिक्षा दिइनेछ । यस्तो शिक्षाले विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्डको ज्ञान हासिल गर्नेछन । उच्चशिक्षाका लागि विदेश जाँदा पनि उनीहरुलाई मद्दत मिल्नेछ । विद्यालय क्षेत्र परिसर नजिकै मादक पदार्थ, मध्यपान जस्ता सामानको बिक्रीमा कडाइका साथ रोक लगाइनेछ । पान, गुट्का, तमाखु जस्ता सूर्तिजन्य पदार्थ र जाँडरक्सी १८ वर्ष भन्दा मुनिका बालबालिकालाई बेच्ने कार्य रोक्न कडाइ गरिनेछ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सहकार्यमा बाँके क्षेत्र नं. २ का युवालाई इलेक्ट्रिसियन, प्लम्बर, कारपेन्टर, मिस्त्री, टेलर, शैलुन र सुनारलाई डिप्लोमा स्तरको व्यवसायिक सीप सम्बन्धी तालिम दिएर प्रमाणपत्र उपलब्ध गराइनेछ । त्यहि प्रमाणपत्रलाई व्यवसाय वा सेवा सञ्चालनको अनुमति पत्र (लाइसेन्स) दिने व्यवस्था गरिनेछ । युवालाई स्वरोजगार बनाउन बिना धितो सहुलियत पूर्ण ऋणको व्यवस्थाका लागि पहल गरिनेछ । यसबाट बाँके क्षेत्र नं. २ मा मात्र १६ हजार नेपाली युवाले रोजगारी पाउनेछन् । विदेशी नागरिकलाई व्यवसाय गर्न रोक लगाइनेछ । हरेक विद्यालयमा अनिवार्य रुपमा अतिरिक्त शिक्षाको रुपमा हरेक हप्ताको एक दिन विद्यार्थीको रुची अनुसारको खेलकुद शिक्षा दिने व्यवस्था गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्बाट खेलका संघसंग समन्वय र सहकार्य गरेर प्रशिक्षकको व्यवस्था गरिनेछ । यसबाट विद्यालय स्तरबाटै खेलाडी उत्पादन हुने र खेलको विकास हुनेछ । यातायात व्यवसायी संघ, संस्थाहरुसँग समन्वय र सहकार्य गरेर २० किलोमिटर दूरीमा यात्रा गरेर अध्ययन गर्ने विद्यार्थी, सामुदायिक र निजी संस्थामा करार वा ज्यालादारीमा काम गर्ने महिला कर्मचारीहरुलाई निःशुल्क रुपमा यात्रा गर्न पाउने परिचय पत्रको व्यवस्था गरिनेछ ।
सूचना प्रविधि क्षेत्र
Free Internet
नेपालगन्जमा दैनिक ३० मिनेट इन्टरनेट सेवा निःशुल्क गरिनेछ । जसबाट सहरमा आउने नवआगन्तुकले बढी भन्दा बढी लाभ लिनेछन् । नगरमा मासिक १५० रुपैयाँमा १०० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध गराइनेछ । नेपालगन्जमा यो सेवाको परीक्षण सुरु भइसकेको छ । अहिले १५०० जनाले निःशुल्क प्रयोग गरिरहेका छन्। यो सेवा नेपालगन्जवासीलाई निर्वाचनको नतिजा जेसुकैआए पनि उपलब्ध हुनेछ ।
E-Library सामुदायिक विद्यालयका पुस्तकालय र सामुदायिक पुस्तकालयको स्तरोन्नति गरी ई-लाइब्रेरी स्थापना गरिनेछ ।
जसबाट पठन संस्कृतिको विकास हुनेछ ।

GPS System for ID Card
निर्वाचन क्षेत्रभित्र रहेका सरकारी तथा निजामती कर्मचारीको नामबाट परिचय पत्र बनाउने परम्परागत पद्धतीको अन्त्य गरी डिजिटल न्यूमेरिक जीपीएस जडित परिचय पत्रको व्यवस्था गरिनेछ । कर्मचारीको विषयमा सार्वजनिक रुपमा थाहा पाउनु पर्ने धेरै सूचना एकै ठाउँमा राखिनेछ । जसलाई क्युआर कोडको माध्यमबाट थाहा पाउने व्यवस्था हुनेछ । यस्तो कार्यबाट ३० प्रतिशत भ्रष्टाचारमा कमि तथा राम्रा अवसर नपाएका बढुवा हुन योग्य कर्मचारीहरु स्वतः आफ्नो योग्यताका आधारमा स्वतः सरुवा तथा बढुवा हुनेछन् । माथिल्ला कर्मचारीको कुनै हस्तक्षेप पनि हुने छैन ।

स्वास्थ्य क्षेत्र
हरेक वडाका स्वास्थ्य संस्थामा मासिक रुपमा ५ रुपैयाँ मात्र शुल्क लिएर डाक्टरसहितको स्वास्थ्य टोली खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था गरिनेछ ।
Water Treatment Plant
खानेपानी संस्थानमा संसारकै उत्कृष्ट वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरि नेपालगन्जवासीलाई शून्य ब्याक्टेरिया भएको खानेपानीको व्यवस्था गरिनेछ । (स्वच्छ पानी पिउँदा नेपालगन्जबासीलाई हुने ५० प्रतिशत रोगको समस्या स्वतः हट्नेछ । अस्पताल जानुपर्ने बिरामीको चाप समेत ५० प्रतिशतले ह्रास हुनेछ । स्वच्छ पानी पिउन पाउँदा नगरबासीको आयु पनि ५ देखि १० वर्ष वृद्धि हुनेछ ।
सुन्दर सहर
Plastic fee City
नेपालगन्जलाई सुन्दर हरित सहरको रुपमा विकास गरिनेछ । नगरमा ४० माइक्रोनभन्दा मुनीका प्लाष्टिकका झोला मुक्त गरिनेछ । प्लाष्टिकका झोलाको विकल्पमा कपडा र कागजका झोला उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ
Model House
नगरको छुट्टै पहिचान झल्काउन एकै किसिमका घर बनाउन प्रोत्साहन गरिनेछ । स्थानीय तहसँग समन्वय गरेर यस्ता घरको नक्सा पास गर्दा नगरवासीले शुल्क तिर्नुपर्ने छैन । एक पटक कुनै नक्सा पास भइसकेपछि सोही डिजाइनमा बन्ने अरु जतिसुकै घरमा नक्सा पास शुल्क नलाग्ने व्यवस्था गरिनेछ ।
Loadshedding Free Nepalgunj
नेपालगन्जलाई लोडसेडिङ्ग मुक्त सहर बनाइनेछ । नेपाललाई लोडसेडिङ्ग मुक्त भनिए पनि नेपालगन्जमा बिना सूचना पटक पटक विद्युत जाने समस्या छ । जसको मारमा यहाँका कलकारखाना परेका छन् । विद्युत क्षेत्रको सुधारका लागि नेपालगन्ज नगरको विद्युत संरचनामा सुधार गरिनेछ । नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहकार्यमा सम्पूर्ण नगरका ट्रान्सफरमरहरु क्रमबद्ध रुपमा परिवर्तन गरिनेछ । नगरमा सञ्चालित सम्पूर्ण कलकारखानाका सुपरभाइजरल( ई विद्युत सव स्टेशनबाट एसएमएस प्रणालीमा जोडेर विद्युत काटिने सूचना १ घण्टा अगाडि नै सूचित गर्ने व्यवस्था गरिनेछ । यसले उत्पादनको क्रममा हुने क्षतिलाई न्यून गर्ने तथा कारखाना नाफामा जाने सम्भावना बढ्छ । नेपालगन्जलाई सफा र सुन्दर सहर बनाइनेछ । सरसफाइ र वातावरणीय रुपमा सुन्दर वडालाई हरेक वर्ष पुरष्कृत गरिनेछ । कुनै पनि संघ, संस्था, विद्यालयको सञ्चालक समिति वा सामाजिक र सार्वजनिक पदमा रहेको व्यक्ति अन्य कुनै पनि संस्थाको पदमा बस्न पाउने छैन । धेरै वटा सामाजिक संघ संस्थामा एउटै समूहका व्यक्तिको हालीमुहाली रहेकाले ती संस्थाले विकास गर्न सकेका छैनन्। एक व्यक्ति एक पदले ती संस्थामा रहेको ३० प्रतिशत भ्रष्टाचार स्वतः कम हुनेछ ।

पर्यटन क्षेत्र
पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा पहल गरेर आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरिनेछ । सरकारी, सार्वजनिक, मठ-मन्दिर, पोखरीको जग्गा संरचनालाई संरक्षण गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । पश्चिमका प्रमुख शक्तिपीठमध्येको एक बागेश्वरी मन्दिरबारे आन्तरिक र बाह्य प्रचारप्रसार गरिनेछ। मन्दिरमा हरेक साँझ भव्य सन्ध्या आरती गरेर भारतीय धार्मिक पर्यटकलाई पनि आकर्षित गरिनेछ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरी नेपालगन्ज- दिल्लीलगायतका भारतका पर्यटकीय गन्तव्यसम्म सिधा उडानको लागि पहल गरिनेछ । भारतीय गाडी नेपालको भू-भागमा छिर्दा विशेष लाइसेन्स प्राप्त नेपाली सवारी चालकले मात्र चलाउन पाउनेव्यवस्था गरिनेछ । चालकको पहिचान गर्न कोड नं. सहितको सूचना केन्द्र नाकामै मिलाइनेछ । यसबाट अपराधिक गतिविधि तथा सडक दुर्घटनामा कमी आउने र रोजगार समेत सिर्जना हुनेछ । होटल तथा लजलाई कृषि सेवा सरहको मान्यता प्रदान गरिनेछ । भन्सार नाकामा अत्याधुनिक प्रविधि जडान हुनेछ । नाकामा Detectation Technology जडान गरिनेछ । पटकपटक नाकाबाट ओहोरदोहोर गर्ने व्यक्तिलाई कारण सहित निगरानीमा राखिनेछ । यसले चेलीबेटी बेचबेखनको तस्करीमा नेपालगन्ज नाका दोस्रो नम्बरमा रहको कलंक मेटिनेछ । निर्वाचन क्षेत्रका जेष्ठ नागरिक (६० वर्ष भन्दा माथि) लाई वर्षमा एक पटक उहाँहरुको धार्मिक आस्था अनुसार १५०० किलोमिटरभित्रको धार्मिकस्थलमा एक रुपैयाँ मात्र शुल्क लिएर तीर्थयात्रा गराइनेछ ।

औद्योगिक क्षेत्र
विदेशबाट आयातीत वस्तुलाई नेपालमै एसेम्बल गर्ने कानुनी व्यवस्थाका लागि पहल गरिनेछ । यस्तो काम गर्ने औद्योगिक प्रतिष्ठानलाई विशेष छुटको व्यवस्था हुनेछ । यसो गर्न सकेमा उपभोक्ता वा ग्राहकलाई सस्तो पर्ने र धेरै जनाले स्वदेशमै रोजगारी पनि पाउनेछन् । निजी वनलाई कृषि वनको रुपमा मान्यता दिएर अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ । निजी वनबाट उत्पादन भएको काठलाई कृषि उपज सरह निर्बाध रुपमा ओसारपसार गर्न पाउने व्यवस्थाका लागि पहल गरिनेछ । आयात प्रतिष्थापन गर्न स्थानीय कच्चा पदार्थ भएका स्थानीय माग र आवश्यकता रहेका वस्तुमा आधारित उद्योग स्थापना गर्दा राज्यले सहुलियत, अनुदान वा सहयोग गर्ने वातावरणका लागि पहल गरिनेछ ।

प्रतिक्रिया