सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार खरेलको माहौल कस्तो छ ?

नेपालगन्ज : बाँके ३ ‘क’ क्षेत्रको प्रदेशसभा तर्फ सत्तागठबन्धनका आधिकारिक उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता आइपी खरेलको माहौल बढदै गएको छ । सो क्षेत्रका केही माओवादी नेताहरुले स्वतन्त्र उम्मेदवार दलबहारु सुनारलाई पार्टी प्रवेश गराएर चुनावी अभियानमा लागेपछि माओवादीका तल्लो तहका नेता कार्यकर्ताहरुको साथ र समर्थन खरेललाई देखिएको छ ।

माओवादीको आधिकारिक उम्मेदवारलाई चुनाव चिन्ह हसिया र हथौडामा भोट नहालेर दलबदल गरिरहने स्वतन्त्र उम्मेदवार सुनारलाई मतदान गर्न नसक्ने माओवादीका स्थानीय कार्यकर्ताहरुको भनाई छ । हसिया हथौडा छोडेर स्वतन्त्रलाई मतदान गनुृ भनेको पार्टीमाथिको ठुलो धोका र गद्धारी हुने उनीहरुको दावी छ । खरेलको पक्षमा निर्वाचित जनप्रतिनिधी , नेता सहित स्थानीय कार्यकर्ताहरुको ठुलो पंक्ति देखिएको छ । स्थानीय नेता कार्यकर्ताको साथ पाएपछि खरेलले प्रदेश र वडास्तरमा सम्पर्क कार्यालय स्थापना गरेर प्रचार अभियानलाई तिव्रता दिनुभएको छ । मतदाता भेटघाटमा समेत सक्रिय भएर लाग्नुभएको छ । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका किशोर सिंह राठौर र एमालेका किस्मत कक्षपतिबीच प्रतिष्पर्धा रहेको छ ।

प्रदेश ‘क’मा सत्ता गठबन्धनबाट माओवादीका आइपी खरेल र ‘ख’बाट कांग्रेसका बादशाह कुर्मी उम्मेदवार छन् । एमालेबाट ‘क’ मा रत्न खत्री र ‘ख’मा भीम वली उम्मेदवार रहनुभएको छ । प्रदेश क मा नेपाली काँग्रेबाट विद्रोह गरेका नेता चन्तराम थारु नगरिक उन्मुक्ती पार्टीको उम्मेदवारको रुपमा प्रतिष्पर्धामा रहनुभएको छ ।

प्रतिक्रिया