तिहारमा भैली खेलेर गाउँभरी उज्यालो बत्ती

नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर तिनको न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभरी उज्यालो बत्ती बालेको छ।

स्थानीय न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर संकलन भएको रकमले गाउँको बाटोको पोलमा बत्ती बालेका हो ।

रातको समयमा अन्धकार हुने खजुरा ३ को ‘बि’ गाउँ क्लबले भैली खेलेर बत्ती बालेपछी भने उज्यालो संगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीयहरु बताउछन् ।

स्थानिय नारायण थापाका अनुसार रमाइलोको लागी खेलिने भैलीको रकमबाट गाउँले सबैलाई सहज र सुबिधा पुग्ने गरि क्लबले बत्ती बाल्दा चाडपर्वमा खेलिने भैलीको सहि सदुपयोग भएको र राम्रो संदेश गरेको बताउछन् ।

खेलकुद संगै गाउँ घरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएको क्लबले गाउँमा रातको समयमा हिडडुल गर्दा समस्या भएपछि बत्ती बाल्नैको लागी भैली कार्यक्रम आयोजना गरेको न्यु बाग्मती स्पोर्ट्स क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए ।

तिहारमा भैली खेल्ने र रमाइलो गर्ने सधै गरिन्थ्यो त्यही भैलि गाउँको राम्रो कामको लागी खेलौ भन्ने सबैको सल्लाह भएपछि गाउँको बाटोको पोलमा बत्ती बाल्नैको लागी भनेर नै भैली खेलेका थियौं जुन आज गाउँको सडक पोलमा बत्ती बल्दा आफैलाई सहज संगै खुसी महसुस भएको छ, अध्यक्ष ठकुरीले बताए ।

क्लबका सचिव समेत रहेका स्थानीय भरत कुमार जैशीका अनुसार सडकमा बत्ती लगाउन क्लबले ७५ हजार बढी खर्च गरेको बताएका छन् । क्लबले गाउँमा अन्य सामाजिक कार्यको योजना समेत बनाएको सचिव जैशिले बताए ।

प्रतिक्रिया