नेपालगन्जमा ७ दिने कुकिङ तालिम सुरु

बाँके फागुन : नेपालगन्जमा आजदेखी ७ दिने कुकिङ तालिम सुरु भएको छ । नेपालगन्ज उपमहागरपालिका वडा नं ८ को सहयोगमा कशौधन वैश्य समाज महिला मन्च नेपालगन्जको सहकार्यमा तालिम आयोजना गरीएको हो । १२ वर्ष माथि उमेर समुहका ३० जनालाई प्रदान गर्न लागिएको मन्चका सदस्य सरीता बैश्यले बताइन् ।

तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ स्थीत किन्नुराम काशीराम कशौधन वैश्य पिञ्चायती धर्मशालामा सन्चालन भइरहेको छ । अधिकांश महिलाहरु घरमा बालबालीका, परीवारका ला िखाना पकाउने भएकाले महिलाहरुलाई लक्षित. गरी तालिम सन्चालन गरीएको हो । तालिम पछि घरमै अर्गानिक बेकरी आइटमहरु निर्माण गर्न सक्षम हुने अपेक्षा गरीएको छ । सेफ अंखुडि गुप्ताले तालिम दिइरहेकि छिन् ।

आज उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले खानका लागि पकाउने सिप आवश्यक भएकाले तालिम दिन लागीएको बताए । तालिमले घरपरीवार र वालवालीकाका लागि घरमै बेकरी आइटम उत्पादन गर्न सहज हुने तालिममा सहभागी महिलाहरुले बताएका छन् ।

स्थानीय कृति गुप्ताले घरमा बच्चाहरु भएकाले उनिहरुका लागि यो तालिमपछि बेकरी आइटम उत्पादनमा सहज हुने बताइन् ।

प्रतिक्रिया