
नेपालगन्ज : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिने क्रमसँगैै बाँकेमा चुनावी माहोल तात्दै गइरहेको छ । प्रायजसो उम्मेदवारहरु घरदैलो अभियानलाई तिव्रता दिन थालेका छन । ठुलादलहरुको चुनावी अभियानलाई हेर्नेहो भने एकले अर्काको खेदो खन्ने र गालि गर्ने मात्र गरेको देखिन्छ ।
साना दल र स्वतन्त्रहरुभने सामान्य रुपले घरदैलो अभियानलाई नै बढि जोड दिदै आएका छन । बाँकेको क्षेत्र नम्बर १ को क्षेत्र जिल्लाकै ठुलो क्षेत्र हो । कोहलपुर, राप्ती सोनारी र नरैनापुर सम्म उम्मेदवारले घरघरसम्म आफ्ना योजना सुनाउनुपर्ने र मतदाता भेट्नुपर्ने अवस्था छ । मंगलबार कोहलपुर घर भएका राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका आनन्दबाबु काफ्ले जिल्लाकै विगटका रुपमा चिनिने नरैनापुरमा भेटिए ।
काफ्ले जनतालाई भेट गर्दै परिवर्तनको पक्षमा मत हाल्न आग्रह गर्दै थिए । पुरानालाई यतिका वर्ष हेर्नुभयो अव नयाँ अनि युवालाई हेर्नुन्, काफ्लेले एक मतदातामाझ आफ्ना कुरा राख्दै भने । काफ्ले संगको कुराकानीमा एक मतदाताले चुनावमा चिल्ला कुरा गर्ने नेतादेखि दिक्क भएको गुनासो भर्दै भने ‘ हामिलाई अरु केहि होइन विना भष्टचार राज्यको सम्पति सदुपयोग गरे पुग्छ । ’ व्यवसायिक समेत रहेका आनन्द बाबु काफ्लेले सुरुमा कोहलपुर हुदै राप्ती सोनारीका केहि क्षेत्रमा घरदैलो गरिसकेका छन । नरैनापुर विहानै पुगेका काफ्लेले आफुले गर्न सक्ने मात्र जनतालाई भन्ने गरेको अनावश्यक बढि कुरा गरेर मतदाता फकाउने काम नगरेको जनाए ।
