जनताको विश्वासलाई घात गर्ने छैन : अग्रहरी

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले जनताको विश्वासलाई घात नगर्ने बताएका छन । अग्रहरीको प्रतिश्पर्दामा रहेका अन्य दलहरुले घरदैलोलाई सुरु नगर्दा उनले ५ हजार मतदातालाई घरमै पुगेर भेटघाट गरिसकेका छन ।

जनताको साथको अपेक्षा सहित मतदाता भेट्न घरदैलोमा पुगिरहेका अग्रहरीले आशा नबाढेको भन्दै गर्न सकिने कुरा मात्र गर्दै अघि बढेको बताएका हुन । विगतमा गरेको गल्ती पुन नदोहोराउन आग्रह गर्दै अग्रहरी चुनावि मैदानमा छन । अग्रहरीले उम्मेदवारको बारेमा राम्रो संग बुझेर मात्र मतदान गर्न आग्रह समेत गर्ने गरेका छन । उम्मेदवारले जनतामाथि गर्ने गरेको व्यवहार, विकास निर्माण तथा प्रतिवद्धता सहितलाई मुल्याङकन गरेर मात्र आफ्नो मत दिनुहोला भनेर अग्रहरीले जनतालाई सम्झाउँदै आएको बताए ।

बाँके क्षेत्र नम्बर २ बाट राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अग्रहरीले हालको परिस्थिती सुधार्न नै राजनितिमा आएको उल्लेख गरे । धेरै बर्ष भयो नेताहरुले जनतालाई आश्वासन मात्र दिएको जनताको इच्छा चाहना पुरा गर्न नसकेका कारण त्यो जनताको चाहना पुरा गर्न नै मेरो दायित्व सम्झेर मैले उम्मेदवारी दिएको हुँ । अहिले मेरो उम्मेदवारी नेपालगन्ज, डुडुवा क्षेत्रलाई विकासयुक्त बनाउन हो । यसको अर्थ मेरो बाटो घाटो बनाउने नै होइन, सिस्टम बसाल्दीने हो ।

एउटा सुन्दर सहर बनाउन चाहिने आवश्यक कुराहरुकै बारेमा मेरो योजनालाई कार्यन्वयन गर्न नै चुनाव जित्ने गरि लागिरहेको हुँ । अहिले म सगै निर्वाचनमा होमिएकाहरु बारम्बार फेलर मध्य नै हुन । उनले भने । उनले आफु संग कसैको प्रतिश्पर्दा नहुँने बताए ।

प्रतिक्रिया