जनता दुग्ध उत्पादन सहकारीको वार्षिक कारोबार ५ करोड ५२ लाख

नेपालगन्ज : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो २८ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर कार्किको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा प्रमुख अतिथि तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले जनता दुग्ध सहकारी खजुराले किसानलाई आत्मनिर्भर बनाउन अहम भुमिका खेलेको बताएका थिए ।

पालिका अध्यक्ष विकले खजुराको पहिचान दिन सक्ने उत्पादनको आधार दिन सफल बनेकोमा दुग्ध सहकारीलाई धन्यबाद दिए । अध्यक्ष विकले सहकारीको योजनालाई साथ दिने प्रतिवद्धता जनाए । तत्काल पालिकाले सहकारीलाई देखिने गरी सहयोग गर्ने गरि स्थानिय सरकारले सोच बनाएको उल्लेख गरे । २५६ जना सेयर सदस्य रहेको सहकारीले दुग्ध उत्पादनको काम सगै विक्रि वितरण, बेकरी संचालन, व्यवस्थित गोठ निर्माण, गाई ब्लक कार्यक्रम, भकारो सुधार कार्यक्रम मार्फत किसानलाई उत्पादन मुखि बनाउन सहकारीले भुमिका खेल्दै आइरहेको सहभागिहरुले बताएका थिए ।

सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा ५ करोड ५२ लाख ४८ हजार ४ सय ४७ को कारोबार गरि खुद बचत नाफा १९ लाख ३८ लाख १ सय ४४ रहेको अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेका थिए । साधारण सभा कार्यक्रममा संस्थाका उपाध्यक्ष रामजि प्रसाद शर्माले स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए । शर्माले सस्थाको परिचय र हालसम्म सस्थाले गरेको कामको बारेमा जानकारी गराएका थिए । सस्थाको बार्षिक प्रतिवेदन भने सहकारीका अध्यक्ष कार्किले प्रस्तुत गरेका थिए ।

सहकारीले केहि महिना भित्रै कफि सप समेत संचालनमा ल्याउने योजना रहेको जानकारी व्यवस्थापक गौरब सापकोटाले जनाए । सहभागिहरुले सस्था सगैं किसानलाई खुसि बनाउनतिर विशेष ध्यान दिनपर्नेमा जोड दिए । नियमित गुणस्तरिय दुध उपलव्ध गराउने किसानहरुलाई सहकारीले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया