आज सूर्यग्रहण, दुई सातापछि चन्द्रग्रहण

यो वर्षको कात्तिकमा दुई साताको अन्तरमा सूर्यग्रहण र चन्द्रग्रहण लाग्ने भएको छ । कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (आंशिक) सूर्यग्रहण लाग्दैछ । आगामी २२ गते मंगलबार पूर्णिमाको दिन खग्रास (पूर्ण) चन्द्रग्रहण लाग्ने बताइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आज दिउँसो नेपाली आकाशमा ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि ५ः२४ बजे सूर्यास्त हुन्छ । अन्यत्रको समेत हिसाबले नेपाली समयअनुसार साँझ पौने ७ बजे ग्रहणले छाड्नेछ ।

प्रतिक्रिया