नेपालगन्ज, ७ कार्तिक : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपतिलाई ब्रम्हचारी श्री बाबा मजाकी दासले जीतको आशीर्वाद दिएका छन् । जनतासंग भेटघाट र घरदैलोमा रहेका उम्मेदवार कक्षपतिलाई क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ५ दलईपुरमा रहेका बाबाले आशीर्वाद दिँदै जीतको शुभकामना दिएका हुन ।
खजुरा ५ को बसन्तपुर, दलइपुर, उढरापुरमा घरदैलो र जनता भेटघाटमा रहेका कक्षपतिलाई त्यहाँ अग्रज र मौलाना तथा मुस्लिम अगुवाले पनि आशीर्वाद दिँदै स्थानीय तह खजुरा गाउँपालिकामा हुँदा गरेको विकास र त्यसअघि सामाजिक संघसंस्थामा रहँदा गरेका विकास तथा समाजसेवाका कामबाट आफुहरु प्रभावित बनेको बताए । स्थानीय चेतनलाल साहुले भने यी आत्मी अच्छा हे । आफ्नो पालामा हाम्रो क्षेत्र तिर धेरै विकास गरेका छन् । सो क्रममा स्थानीयले ट्रान्सफर्मर जडान, बाँकी रहेका सडकको स्तरोन्ति, कृषि, शिक्षा स्वास्थ्यमा थप विकास गर्दै युवालाई रोजगारी दिलाउन माग गरे ।
जनताको मागलाई ग्रहण गर्दै उम्मेदवार कक्षपतिले स्वास्थ्यमा अभूतपूर्व परिवर्तन गरिने बताए । उनले क्यान्सर अस्पताललाई देशकै नमूना बनाइने, शिक्षालाई व्यवसायिक शिक्षा शुरु गरिने प्रतिवद्धता जनाए । विकासका लागि स्थानीयलाई ढुक्क हुन भन्दै कक्षपतिले २०७४ देखि पहिले र अहिलेको अवस्था हेरेर आफुलाई मुल्यांकन गर्न आग्रह । आफ्नो क्षेत्र अन्तरगत नौवस्ता औद्योगिक क्षेत्र र खजुरामा निर्माणाधीन औद्योगिक ग्रामको काम सम्पन्न गरी रोजगारी सृजना गरिने उनले बताए । विगतमा संचालित कृषि उद्यमशीला परियोजना संचालनमा ल्याउँदै महिलाहरुलाई रोजगारीमा जोड्ने उनले जोड दिए ।
कक्षपतिले आफ्नो पाललामा सम्झौता गरिएको ग्रीन सिटीको प्रोजेक्टमार्फत व्यवस्थित शहरका साथै कृषिको दीगोपन र रोजगारीका अवसरहरु सृजना गरिने बताए । सो क्षेत्रमा आफुले शीत भण्डार, औद्योगिक ग्राम, विश्वविद्यालय जस्ता गौरवका योजना संचालनमा ल्याएको भन्दै ती विकास योजना पूरा गरिने कक्षपतिले बताए । उनले जब जब एमालेको सरकार बन्छ तब नयाँ कार्यक्रम ल्याउने बताउँदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाऔं संचालन भएको, सामाजिक सुरक्षा भत्ताको शुरुवात गरिएको उल्लेख गरे ।