विजेता बन्दै सिद्धेश्वर ‘ए’ ले पायो ४५ किलोको खसी

बाँकेको राप्ती सोनारी –६ स्थित पनेरीया खेल मैदानमा सम्पन्न सामुदायीक वन उपोभोक्ता समिति स्तरिय फूटबल प्रतियोगिताको उपाधि सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समितिको समुह ए ले हात पारेको छ । आइतबार भएको फाइनलमा राप्ती पिडित गुलरी सामुदायीक वन उपोभोक्ता समितिलाई २–१ गोल अन्तरले हराउदै सिद्धेश्वरले २५ हजार बराबरको ४५ किलोको खसी र प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेता बन्दै राप्ती पिडित गुलरी सामुदायीक वन उपोभोक्ता समितिको टिमले १५ हजार रुपैँया बराबरको २८ किलोको खसी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा राजकुमार थारु उत्कृष्ट खेलाडि बनेका छन् । उनले २ खेलमा ६ गोल हानेका थिए । यस्तै राप्ती पिडित सामुदायीक उपोभोक्ता समितिका किसन थारु उत्कृष्ट किपर बन्न सफल भएका छन् । उनीहरु दुबैले नगद ५÷५ हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता सम्पन्न भइसकेपछि आयोजित समापन कार्याक्रममा विजेताहरुलाई राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, वडाध्यक्ष लवराज खरेल, वडा ४ र ५ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १० टिम सहभागि भएका थिए । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दिपावली तथा छठ पर्वको अवसरमा वडाले प्रतियोगिताको आयोजना गरेको हो । वडामा ५ वटा सामुदायीक वन रहेकोमा एउटा वनबाट २ वटा टिम सहभागि थिए ।

कार्यक्रममा वडाका अन्य खेलाडिहरुलाई पनि सम्मान गरिएको छ । विभिन्न प्रतियोगितामा वडाबाट स्वर्ण पदक जित्न सफल खेलाडिहरुलाई पनि सम्मान गरिएको हो । सम्मान हुनेमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका १० जना स्वर्ण पदक विजेताहरु रहेका छन् । सिद्धेश्वर माविका ९ जना र नेपाल राष्ट्रिय मावि गुलरीका १ जना गरि १० जना खेलाडिले वडाको नाम राख्न सफल भएकाले सम्मानीत गरिएको हो । यससंगै जिल्ला खेलमा स्वर्णपदक विजेतालाई पनि सम्मान गरिएको छ ।

शनिबार सम्पन्न पहिलो खेलमा राप्तीपिडित गुलरी सामुदायीक वन उपोभोक्ता समितिले जित हासिल गरेको छ । सिद्धबाबा सामुदायीक वन उपोभोक्ता समितिको बि ग्रुपसंग भएको खेल बराबरीमा टुंगीएको थियो । पेनाल्टी पाएको गुलरिले १–० ले सिद्धबाबा बि लाई हराउदै विजयी भएको हो ।

यस्तै दोश्रो खेलमा राप्ती पिडित टेपरी सामुदायीक वन उपोभोक्ता समितिले जित हासील गरेको छ । राप्ती पिडित टेपरीले सदावहार सामुदायीक वन उपोभोक्ता समिति ए लाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

शनिबार भएको अर्को खेलमा राप्ती पिडित गुलरी सामुदायीक वन उपोभोक्ता समिति विजयी भएको छ । सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समितिको ग्रुप बी लाई २–० ले हराउदै राप्ती पिडित गुलरी विजयी भएको हो ।

र शनिबार भएको अन्तिम खेलमा सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समिति ए विजयी भएको छ । राप्ती पिडित टेपरी सामुदायीक वन उपोभोक्ता समितिसंग भएको खेलमा १–० ले हराउदै सिद्धेश्वर ए विजयी भएको हो ।

आज आइतबार पहिलो खेल विहान ८ बजेदेखि सुरु हुने वडाध्यक्ष लवराज खरेलले बताए । उनका अनुसार पहिलो खेल सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समिति ए र सदावहार सामुदायीक वन उपोभोक्ता समिति ए विच हुने छ ।

प्रतिक्रिया