काफ्ले सधैं, ‘प्रतिनिधि सभाका उम्मेदवार भनेको देशको समृद्धिका लागि नीति निर्माण गर्न जाने हो । त्यसैले चुनावका बेला जनतालाई झुठा आश्वासन दिनु हुँदैन । जनता र देशको अवस्थालाई मध्येनजर गरेर आफूले गर्न सक्नेमात्र बोल्नु पर्छ’ भन्छन् ।
बाँके : मंसिर ४ गते हुने प्र्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिने क्रमसँगैै बाँकेमा चुनावी माहोल तात्दै गइरहेको छ । प्रचार प्रसारमा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरु आफ्नो प्रभावलाई प्रभुत्व दिलाउन आफूले सक्ने चुनावी प्रचार गरिरहेका छन् ।
तीनवटा क्षेत्र रहेको बाँकेमा यसपटकको निर्वाचनमा दलिए गठबन्धनका उम्मेदवारदेखि स्वतन्त्र, लामो समयदेखि राजनीतिक क्षेत्रमा कृृयाशिल व्यक्ति एवम् पटक–पटक निर्वाचित भएर सरकारमा पुगेका व्यक्ति र केही नयाँ अनुहार देख्न सकिन्छ ।
जसमा एक परिचित नाम हो, आनन्द बाबु काफ्ले । जसले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दिएका छन् । उनलाई बाँकेवासीले एक सफल व्यवसायीको रुपमा पनि चिन्दछन् ।
काफ्ले सधैं, ‘प्रतिनिधि सभाका उम्मेदवार भनेको देशको समृद्धिका लागि नीति निर्माण गर्न जाने हो । त्यसैले चुनावका बेला जनतालाई झुठा आश्वासन दिनु हुँदैन । जनता र देशको अवस्थालाई मध्येनजर गरेर आफूले गर्न सक्नेमात्र बोल्नु पर्छ’ भन्छन् ।
कोहलपुर नगरपालिका–११ का स्थायी वासिन्दा काफ्लेको जन्म चितवन भएता पनि बसाइँसराइको क्रममा बर्दिया हुँदै २०५१ सालमा कोहलपुर आइपुगेका थिए । लामो समय बुबाको राजनीतिक यात्राले नेकपा माओबादीको ‘ट्याग’ लागेको उनको र उनको परिवार जीवन संघर्ष सहज भने थिएन् ।
आफ्नो र आफ्नो पारिवारिक स्वार्थभन्दा माथि रहेका देश परिवर्तनका लागि माओवादीमा लागेको काफ्लेका बुबा बलराम काफ्ले २०५४ साल तत्कालीन शाही सेनाद्वारा हिरासतमा पुगेपछि उनको परिवार दैनिक एकदमै कठिन हुन पुगेको उनी सम्झिन्छन् ।
‘देशव्यापी द्वन्द्वकालमा माओवादी भनेपछि कति गाह्रो हुन्थ्यो । हरेक एक दिनपछि घरमा छापा भई रहन्थ्यो । घरमा साझ/बिहान के खाने भन्ने अवस्था थियो । बाटोमा हिँड्दा पनि ए फलनाको छोरा भनेपछि प्रहरी, नेपाली सेना र अरुले पनि हेर्ने देष्टिकोण फरक रहन्थ्यो,’ काफ्ले सम्झिन्छन् ।
हाल कोहलपुर नगरपालिका–९ मा रहेको उनको न्यू काफ्ले प्लाष्टिक सप्लायर्स् नामबाट व्यवसायी संचालित छ । विगतबाटै प्लाष्टिकको व्यवसाय गर्ने उनको परिवारलाई द्वन्द्वकालमा चाहेर पनि आफ्नो व्यवसायलाई खुम्च्याउन गरेको तितो यथार्थ काफ्लेसँग छ । उनी भन्छन्, ‘हामीहरुले आफ्नो समान अर्डरअनुसार कोहलपुरभन्दा बाहिर पनि पुर्याउने गथ्र्यौ । तर माओवादीको ट्यागका कारण आफ्नै व्यवसायलाई खुम्च्याउनु पर्ने अवस्था आयो ।’
काफ्ले आफ्नो अध्ययन गर्नदेखि पारिवारिक अवस्थाका कारण पत्रिका बाढ्ने काम पनि गरे । उनले घरमा कुखुरा पाल्ने कामम पनि गरे । शैक्षिक पेसालाई पनि केही समय अंगाले ।
देश परिवर्तका लागि एकातिर उनको बुवा जेल पुगेका थिए भने अर्को तिर परिवारको जिविकोपार्जनका लागि दिनहु उनको परिवार संघर्ष गरिहेको थियो ।
तर उनको परिवारले एउटा प्वाल परेको टपरीको सट्टा अर्को प्वाल परेको टपरी रोजेको काफ्लेलाई भान भयो । माओबादी शान्ति प्रक्रियामा त आयो तर फेरि पनि उही अवस्था, हुनेखानेका मात्र दिन, पावर भएका मात्रै पदमा, व्यक्तिगत स्वार्थका लागि मात्रै राजनीति भएको उनी बताउँछन् ।
‘हामीले एउटा चुहिने टपरीको सट्टा अर्को चुहिने प्लेट रोज्ने गरेको मैले पाए । सबैलाई आफ्नै व्यक्तिगन स्वार्थ पूरा गर्न छ । हरेक क्षेत्रमा कमिसनको खेल छ । देश परिवर्तनका नारा लगाउनेले देशलाई खोक्रो पारेका छन्,’ काफ्ले बताए ।
१० वर्षे सघर्षपछि उनको बुवा घरमा थन्किए । काफ्ले आफ्नो व्यवसायीलाई अघि बढाउन तल्लिन भए । समाजका समस्यालाई नजिकबाट निहाले । निर्वाचन जितेका व्यक्तिले गरेका बाचा र उनका कामलाई काफ्लेले नजिकबाट निहाले ।
आनन्द बाबु काफ्लेकोे व्यत्तिगत कुरा गर्ने हो भने २०६२/६३ को आन्दोलनमा घाइते भएका कोहलपुरका तीनजना मध्ये उनी पहिलो हुन् । उनी नेपाली सेनाको हिरासतमा पनि बसिसकेका छन् । पटक–पटक कोहलपुरका व्यवसायीको हितका लागि उनी लडेका छन् । व्यवसायी क्षेत्रलाई राजनीतिक मुक्त बनाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ ।
मानवता काफ्लेको विशेषता हो । उनले कोरोनाको समयमा आफ्नै गाडी प्रयोग गरेर आफ्नै पैसा अलपत्र कयौं व्यक्तिलाई गन्तव्यसम्म पुर्याएका छन् । दाङको रिहारदेखि बर्दियासम्म उनले अलपत्र व्यक्तिको लागि आफूले खर्च गरेका छन् ।
कोरोनाको अवस्थामा किसानले उत्पादन गरेका तरकारी आफैं जोखिममा परेर बाँके/बर्दियाबाट ल्याएर कोहलपुरमा वितरण गर्ने कार्यलाई उनले करिब ५ महिना बढी गरेछन् ।
अब उनी स्वयम देश बनाउने दौडमा होमिएका छन् । जनताको घरदैलोमा पुग्दै देश बनाउने अभियानमा जोड्न उनले आग्रह गरिरहेका छन् ।
काफ्लेलाई बाँके क्षेत्र नम्बर १ का जनताले तपाईको साथ देलान त भन्ने प्रश्नमा उनी भन्छन्, ‘जनता झुटबाट आजित भई सकेका छन् । हामी झुट बोल्दै नौं । हामी विशुद्ध राजनीति गर्न आएका हौं । हामी जनतालाई राहत हैन । समाधान दिन चाहान्छौं । हामीले प्रत्येक वर्ष के गर्र्ने गर्ने भनेर घोषणा पत्र पनि बनाइ सकेका छौं ।
देश भ्रष्टाचारले खोक्रो भई सकेको छ । ३१ वर्षदेखि देशलाई नेताहरुले लुटिरहेका छन् । हामी भ्रष्टाचार गर्दैनौ र गर्न पनि दिनौं । कमिसनको चक्करमा हाम्रा बाटाहरु १ वर्ष पनि टिक्दैनन । त्यस्ता कमिसन बन्द गर्ने हाम्रो उद्देश्य हो । जसले निर्माण गरिएका भौतिक संरचना गुणस्तरीय हुन्छन् । यी सब जनताले बुझेका छन् । यदि ममात्र नभएर राष्ट्रिय स्वतन्त्र पार्टी हार्नु भनेको हाम्रो नै कमजोरी हुन्छ । हामी नै जनतामाझ पुग्न नसकेको हुन्छ ।’