बाँके क्षेत्र नम्बर १ मा आनन्द बाबु काफ्लेले मतदाता भेट्दै

नेपालगन्ज : बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार आनन्द बाबु काफ्लेले मतदाता भेटघाटलाई तिव्र पारेका छन । राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट बाँकेको क्षेत्र नम्बर १ मा कोहलपुरका व्यवसायि काफ्ले उम्मेदवार बने सगैं मतदाता भेट्घाटलाई तिव्र पारेका हुन ।

दिनहुजसो मतदाता भेट्ने र आफ्ना एजेण्डा सुनाउने कार्यमा काफ्ले र राष्ट्रिय स्वतन्त्र पार्टि कार्यकर्ताहरु तल्लिन भएका हुन । समुदायमा स्वच्छ छविका रुपमा पहिचान बनाएका युवानेता काफ्लेले देश बदल्न बलियो नितिको आवश्यक रहने हुदाँ आफ्नो उम्मेदवारी पनि निति राम्रो बनाउने तर्फ नै केन्द्रित रहेको उल्लेख गरे ।

काफ्लेले मतदाता भेटदा कुनै विकासे आश्वासन नबाढेको बताए । जनताको समस्या अहिले बुझीरहेको छु, यिनै जनताले चुनिएर पठाएपछि जनताकै हितमा बसेर काम गर्ने हो । शनिबार कोहलपुर मदन चोक र आसपासका जानतासंग भेट्दै प्रतिनिधिसभा उम्मेदवार काफ्लेले जनताको एक मत पनि कदर गर्दै आफ्नो कार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया