नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उमेम्वारी दिएका नेपालगन्जका विनोद अग्रहरीले पुराना पार्टिबाट जनताको अपेक्षा पुरा हुन नकस्ने भन्दै विकल्प रोज्न आग्रह गरे ।
शनिबार आफ्ना सहकर्मिहरुसगै डुडुवा गाउँपालिका क्षेत्रका मतदाता भेट्न गएका अग्रहरीले धेरै वर्ष देखि हामिले ति पुरना पार्टिलाई विस्वास गरेर भोट दिएको र उपलव्धी सुन्य देखिएकाले जनतालाई आफ्नो मत फेर्न आग्रह गरेका हुन । अग्रहरीले ५,६ जना लाई साथमा लिएर मतदाता भेटिरहेका छन । राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका अग्रहरीले जनताको मत लिएर जनताको काम नगर्नेले फेरी उहि जनता संग मत माग्ने अधिकार नभएको टिप्पणी गरे ।
अग्रहरी संगै राष्टिय स्वतन्त्र पार्टीका बाँकेका सभापति तथा समानुपातिक उम्मेदवार लक्ष्मि तिवारीले जनताको मन भावना बुझेको उम्मेदवारलाई आफ्नो मत दिन आग्रह गरिन । राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट प्रदेश सदस्य निलराज अधिकारी, नविन खड्का लगाएतको टिमले अग्रहरीलाई घरदैलोमा साथ दिइरहेका छन । जनताको उत्साहजनक साथ र समर्थन रहेकाले निर्वाचनमा अग्रहरी खरो रुपमा अन्य दलसंग प्रतिश्पर्दा गर्नेका रुपमा लिइएको छ ।