काठमाडौं : प्रतिनिधि सभामा टेबल भएको एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणामाथि छलफल सुरु भएको छ । अर्थमन्त्री जर्नादन शर्माले प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा व्याख्यात्मक घोषणासहितको अनुमोदन प्रस्ताव बैठकमा टेबल गरेपछि छलफल सुरु भएको हो ।
यसअघि संसद् भवनमै बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौताको विषयमा व्याख्यात्मक घोषणा पारित गरेको थियो । मन्त्रिपरिषद्बाट पारित घोषणासहित अर्थमन्त्री जर्नादन शर्माले एमसीसी सम्झौता संसद्बाट पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि विस्तृत छलफल सुरु भएको हो ।
यसअघि आजै बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौताको विषयमा सैद्धान्तिक छलफल सकेर अर्थमन्त्री जर्नादन शर्माले जवाफ दिएपछि प्रतिनिधि सभाको बहुमतले सम्झौता स्वीकृत भएको थियो ।