कार्तिक: नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौरले सबै कुरा थाती राखेर काँग्रेस सहितका गठबन्धन उम्मेदवारलाई जिताउन आह्वान गरेकाछन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर– ३ बाट प्रतिनीधी सभा सदस्य उम्मेदवार रहेका रौठोरले शुक्रबार नेपाली काँग्रेस बाँके प्रचार–प्रसार समितिद्वारा पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा सो कुरा बताएका हुन् । काँग्रेस गठबन्धनका उम्मेदवार विजयी गराउन उम्मेदवारसहितको आयोजित छलफलमा बोल्दै प्रमुख अतिथी राठौरले विगतमा माओवादीसँगका हुन् या काँग्रेस भित्रकै आन्तरिक तिता कुरालाई बिर्सिएर यतीबेला गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्न मतदातामा अपील गरे ।
संविधानको रक्षा र कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरणका लागि गठवन्धनका उम्मेदवार जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाई थियो । निर्वाचनलाई उत्सवका रुपमा लिन आहवान गर्दै नेता राठौरले लोकतान्त्रीक पद्धतीको मजबुतीका लागि पनि निर्वाचनमा खटीन जोड दिए । यूवा नेता राठौरले टिकट वितरण लगायतकामा भएका असन्तष्टी छन् भने पनि समिक्षा गर्न सकिन्छ तर, यती बेला निर्वाचन हारेपछि गठबन्धनबीचको विश्वास पनि गुम्ने खतरा रहेको पनि बताए । हसीया हथौडामा सहजै मत हाल्न काँग्रेसलाई गा¥हो भए जस्तै माओवादीलाई पनि रुखमा मत हाल्न गा¥हो भएको होला तर, गठबन्धन भएपछि एकले अर्कोलाई मत हाल्नै पर्ने राष्ट्रिय आवश्यक्तालाई मतदाताले स्वीकार्नै पर्ने अवस्था रहेको स्पष्ट पारे ।
मधेशी, थारु, दलित, महिलाको हक अधिकारको सुनिश्चताका लागि पनि काँग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको उनको जीकीर थियो । अरु क्षेत्रबाट आएकोमा आफनो आलोचना भएकोे प्रसंगलाई उल्लेख गर्दै उनले बाँके–बर्दिया आफ्नो परिवार र आफुले योगदान गरेको क्षेत्र भन्दै पार्टीले जहाँ उठायो त्यही उठेको दाबी गरे । सो कार्यक्रममा बाँके क्षेत्र नम्बर–२ का प्रतिनीधि सभा सदस्य उम्मेदवार सुदीप नरसिंह राणा, बाँके क्षेत्र नम्बर–३ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार बादशाह कुर्मी, क्षेत्र नम्बर–२ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार राजकुमार बर्मा, क्षेत्र नम्बर–१ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु, बाँके क्षेत्र नम्बर–२ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल लगायतले प्रचार प्रसारको अवस्था बारे प्रकाश पार्दै गठबन्धनको पक्षमा माहोल बनाउन आह्वान गरेका थिए । प्रचार–प्रसार समिति संयोजक गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कृष्ण कार्की लगायतले आफ्ना धारणा राखेका थिए । प्रचार–प्रसार समिति सचिव उमा थापाद्वारा कार्यक्रम सञ्चारल गरिएको थियो ।