नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले मतदाता परिवर्तन खोजेको र मत पनि परिवर्तनकै पक्षमा खसाल्ने बताएका छन । शुक्रबार नेपालगन्जको एकलैनी, क्षेत्रका जनतालाई भेद्दै उनले परिवर्तनको पक्षमा जनता रहेको बताएका थिए । स्थानिय जनताले पनि देशको भलो गर्न सक्ने नेता खोजेको बताए ।
मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन । उम्मेदवारी दिइसकेपछि जनताको समस्या बुझने र आफ्ना एजेन्डाहरु सुनाउने दिनचर्या बनेका छन् । शरिरमा नेपालको झण्डा, हातमा घण्टी लिएर साथमा २,३ जना सहकर्मिहरु सहित अग्रहरीले चुनावि प्रसार प्रचार र जनतासंग साथ मागिरहेका छन । नेपालगन्जमा केहि ठुला दल भनिएकाहरुले एक अर्काको विरोध गर्दै भोट मागिरदाँ अग्रहरीले भने जनताले चाहेको कुरा के हो त्यो पत्ता लगाउन खोजिरहेका छन ।
आखिर जनताले किन त्यहि नेतालाई रोजिरहेको ? जसले विकास होइन देशलाई झन भन्दा झन पछाडि पार्दै छन् उनले जनतालाई प्रश्न पनि गर्दै अघि बढ्दै छन् । पहिलो पटक उम्मेदवार बनेका अग्रहरीले जनताले सक्षम व्यक्तिलाई छान्ने र त्यसको लागि आफु योग्य रहेको उल्लेख गरे । म हरेक घरका जनता भेटन् पुगिरहेको छु । आसा छ जनताले न्याय गर्नेछन् । जनताको विश्वासलाई कदापि विस्वासघात गर्ने छैन । अग्रहरीले भने ।