पनेरियामा वडास्तरिय फुटबल हुँदैँ, विजेतालाई खसी पुरस्कार

दिपावली तथा छठ पर्वको अवसरमा बाँकेको राप्ती सोनारी –६ मा वडा स्तरिय फूटबल प्रतियोगिताको आयोजना गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सामुदायीक वन उपोभोक्ता समिति स्तरिय वडा कप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

राप्ती सोनारी गाँउपालिका वडा नं ६ को आयोजनामा शुक्रबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको छ । प्रतियोगिताका लागि १० टिम दर्ता भएको वडाध्यक्ष लवराज खरेलले बताए । वडामा ५ वटा सामुदायीक वन रहेको जानकारी दिदै वडाध्यक्ष खरेलले एउटा वनबाट २ वटा टिम दर्ता गरिएको बताए ।

वडाको पनेरीया खेल मैदानमा ३ दिनसम्म चल्ने प्रतियोगिता शुक्रबार विहान ९ बजेदेखि सुरु हुने छ । खेल नकआउटद्धारा खेलाइने छ ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैँया बराबरको खसी र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेता टिमले १५ हजार रुपैँया बराबरको खसी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडि र उत्कृष्ट किपरले नगद ५÷५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

चाडपर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएकाले खसी पुरस्कार राखिएको आयोजकले बताएको छ । राप्ती सोनारी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा समेत परिचित छ । रकम भन्दा खसीको माग भएकाले यहि पुरस्कार राखिएको जनाइएको छ ।

प्रतिक्रिया