बाँके क्षेत्र नम्बर–३ ‘क’ मा माओबादीका २ उम्मेदवार

कार्तिक: नेकपा (एकीकृत समाजवादी)का नेता दलबहादुर सुनार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेसंगै बाँके क्षेत्र नम्बर–३ ‘क’ मा माओबादीका २ जना उम्मेदवार भएकाछन् । माओबादीमा सुनारको प्रवेशसंगै बाँके प्रदेश सभा–३ ‘क’ को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको छ । सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ । किनभने पहिले नै बाँके क्षेत्र नम्बर–३ प्रदेश ‘क’ मा माओवादीले ईन्द्रप्रसाद (आइपी) खरेललाई अगाडि सारिसकेकोछ । प्रदेश सभा –३ ‘क’ मा माओबादीबाट ईन्द्रप्रसाद (आइपी) खरेल र सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिएका एकिकृत समाजबादीका नेता दलबहादुर सुनार माओबादीमा प्रवेश गरेपछि यतिबेला माओबादी दुई कित्तामा विभाजन भएकोछ । यद्यपी अहिलेसम्म उक्त प्रदेश सभामा माओवादी केन्द्रका आईपी र स्वतन्त्र उम्मेदवार सुनार दुबैको उम्मेदवारी कायम रहेको छ ।

लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन् । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका हुन् । माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन् । सुनार बाँके क्षेत्र नम्बर–३ प्रदेश ‘क’ का स्वतन्त्र उम्मेदवार रहेका छन् । माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ । यसअघि सुनारले प्रतिनिधी सभा क्षेत्र काँग्रेसको भागमा पर्ने भएपछि उनले प्रदेश सभा–३ ‘क’ मा चुनाव लड्ने आकांक्षा राखेर आफ्नो पार्टीमा टिकटका लागि सक्रिय भएका थिए । तर, उक्त प्रदेश सभा क्षेत्र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिन दिएको समयमा पनि सुनार आफ्नो निर्णयमा अडिग रहेका थिए । नेता सुनार माओवादी केन्द्रमा किन प्रवेश गरे भन्ने विषय रहस्यमय छ । पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारी कायम रहेका नेतालाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीका उम्मेदवारका विषयमा अलमलमा परेका छन् ।

अझ रोचक कुरा के भने आईपी स्थानीय कमिटीबाट सिफारिसमा नपरेको अवस्थामा पार्टीले तीनै आईपीलाई टिकट दिएपछि क्षेत्र नम्बर–३ का दर्जन बढी नेताहरुले माओवादी छाडेका छन् । तीनै पार्टी छाडेका माओवादी कार्यकर्ताहरुले सुनारको पार्टी प्रवेश हावी देखिन्थ्यो । सुनारको पार्टी प्रवेशमा खरेलको उपस्थिती थिए । सुनार र खरेलको उम्मेदवारीबारेमा माओवादी नेत्री एवं पूर्व उपसभामुख सुवेदीले छलफल गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिएकी छन् । यद्यपि, अन्य नेताहरुले पार्टीले दलबहादुरलाई मत हाल्ने बताएको छ । माओवादीमा केहीले खरेल र केहीले सुनारलाई बोक्ने प्रष्ट देखिएको छ । सुनारले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने ठोकुवा गर्नुले माओवादीका नेताले सुनारलाई राम्रै आश्वासन दिएको बुझ्न सकिन्छ । दलबहादुर सोमबार माओवादीमा प्रवेश गरेपछि आईपी खरेलले सामाजिक सञ्जालमार्फत आफू गठबन्धन र माओवादीको आधिकारिक उम्मेदवार भएको जनाएका छन् ।

प्रतिक्रिया