बाँके खजुरामा टेकमाईन्डस इन्टरनेटको सेवा

बाँके फाल्गुन : बाँकेको खजुरामा ईन्टरनेट प्रदायक कम्पनी टेकमाईन्डस नेटवर्क प्रा.लि.को शाखा उद्घाटन गरीएको छ । बाँके जिल्लामा करिब २ हजार भन्दा बढिले कम्पनीको सेवा लिएको कम्पनीका क्षेत्रिय सेल्स एण्ड मार्केटिंग प्रबन्धक किरण शर्माले बताए । उनका अनुसार जिल्लाका करीब ३० युवाहरुलाई रोजगारी पाएका छन् ।

चितवनमा मुख्य कार्यालय रहेको कम्पनीले नेपालका ६६ जिल्लाबाट हाल ईन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । दुई दशक पहिले स्थापना भएको यो कम्पनीले सात वर्षदेखी सक्रिय रुपमा नेपालका ग्रामीण क्षेत्रमा ईन्टरनेट सेवा विस्तार गर्दै आएको छ ।

दुरदराजका बस्तीसम्म ईन्टरनेट पुर्‍याउने लक्ष्य रहेकोले अन्य इन्टरनेटभन्दा सस्तो र सुलभ भएको शर्माले बताए । ४० एमबिपिएसको मासिक शुल्क १ हजार ३ सय ५०, ७० एमबिपिएसको मासिक शुल्क १ हजार ६ सय ५०, १०० एमबिपिएसको मासिक शुल्क १ हजार ७ सय १० रहेको छ । ग्रामिण क्षेत्रलाई ध्यानमा राखी १ महिनाको २२ एमबिपिएसको नँया जडान शुल्कसहित २ हजार ५ सय मात्र रहेको उनको भनाई छ । ईन्टरनेट जडान गरीसकेपश्चात् सेवाग्राहिलाई समस्या पर्दा जुनसुकै समयमा पनि सेवा प्रवाहमा खट्ने उनको दाबी छ ।

प्रतिक्रिया