खजुरामा जेष्ठ नागरिकलाई स्वास्थ्य प्रर्वद्धन कार्यक्रम

नेपालगन्ज : खजुरामा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्वद्धन कार्यक्रम संचालन गरिएको छ । नागरिक आरोग्य सेवा केन्द्र खजुराको आयोजनामा वडा नम्बर ३ धवलागिरीमा गरिएको कार्यक्रममा ६१ जना जेष्ठ नागरिकले सेवा लिएका छन । ३१ पुरुष ३० जना महिलाले सेवा लिएका छन ।

जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्वद्धन कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जेष्ठ नागरिकहरुमा विशेषगरी देखा पर्ने स्वास्थ्य समस्यालाई हल गर्ने गरि प्रयन्न गरिएको बताए । अध्यक्ष विकले छिटै अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम संचालन गरि खजुरामा रहेका दुई हजार बढि जेष्ठ नागरिकलाई सेवा दिने योजना सुनाए । जेष्ठ नागरिकका स्वास्थ्य प्रति हेरविचार गर्न उक्त कार्यक्रम संचालन गरिने अध्यक्ष विकले बताए ।

उनले नागरिकको स्वास्थ्य प्रति पालिका गम्भिर रहेको बताउँदै आयुर्वेद ढङगबाट प्रयोग गरि उपचार गर्ने उदेश्य राखिएको सुनाए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जेष्ठ नागरिकको स्वास्थ्यको हेरविचार गर्नु हाम्रो दायित्व रहेको बताइन । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा. अनिल कुमार चौधरीले स्थानिय जन प्रतिनिधिले आयुर्वेदलाई चासो दिएको पाइएकोले यसमा जनताले सेवा राम्रो पाउनेमा विस्वास व्यक्त गरे ।

स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले स्वास्थ्य शाखा र आरोग्य सेवा केन्द्र विच सहकार्य गरेर स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको बताए । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएतको उपस्थिती रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले जानकारी दिए ।

प्रतिक्रिया