नेपालगन्ज : बाँकेको खजुरामा रहेको बालि संरक्षण प्रयोगशालाले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको १२ जिल्ला कार्य क्षेत्र रहेको कार्यालयले प्रादेशिक रुपमा देखा पर्ने रोग किराको संकलन, पहिचान तथा स्थलगत प्राविधिक सेवा टेवा प्रदान गर्दै आइरहेको र प्रदेश स्तरमा आवश्यक पर्ने बालि संरक्षण प्रविधिको विकास गर्न समन्यात्मक भुमिका निर्वाह गर्ने गरेको सार्वजनिक कार्यक्रममा जनाइएको थियो ।
बिषदिको नकारात्मक असरबारे सु– सुचित गराउन जनचेतना जागरण गराउने कार्य समेत मुख्य कार्यका रुपमा राखेको बालि संरक्षण प्रयोगशाला खजुराका कार्यलय प्रमुख देवेश कुमार मिश्रले जानकारी दिए । घुम्ति बालि उपचार शिविर कार्यक्रम पनि कार्यालयले गर्दै आएको प्रमुख मिश्रले जनाए । कार्यालय मार्फत आइ.पि.एम पद्धतीलाई बढवा दिन कृषक समुह तथा सहकारीलाई अभिप्रेरित गर्ने कामलाई प्राथमिकतामा कार्यालयले जनाएको छ ।
बालि संरक्षणले १ करोड ९८ लाख ५६ हजार को बजेट सहित कार्यक्रमहरु सार्वजनिक गरेको हो । जसमा बालि संरक्षण प्रयोगशालाका लागि १ करोड ३० लाख २६ हजार छुट्टाइएको छ भने कृषि तथा पशुपन्छि श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमका लागि ६८ लाख ३० हजार बजेट रहेको कार्यक्रममा जनाइएको थियो ।
सार्वजनिक कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धृन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा, कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समिद अहमद, कृषि ज्ञान केन्द्र बाँकेका निमित्त कार्यालय प्रमुख शकिल अहमद, वीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिपक सापकोटा, कृषि व्यवसाय प्रवद्र्धृन सहयोग तथा तालिम केन्द्र खजुराका वरिष्ठ अर्थ विज्ञ विनोद घिमिरे, पशु सेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख प्रवेश कुमार कुंवर, नेपाल मौरी पालन महासघं बाँकेका अध्यक्ष पुरमल बस्नेत लगायत अगुवा किसान, कृषि प्राविधिक, पत्रकारको उपस्थिती रहेको थियो ।