नरैनापुरका अध्यक्ष शाहको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

असाेज: नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उनलाई नेपालगन्ज  मेडिकल कलेज नेपालगन्जमा  भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनतासंग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी मिरा रावलले बताइन् ।  मेडिकल कालेज नेपालगन्जका चिकित्सकद्वय  आसिम केदवाइ र रोमन केदवाइको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ । 

५४ वर्षीय शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शाहको स्वास्थ्य अवस्थामा समस्या देखिए पछि पुर्व मन्त्री मोहम्मद इश्तियाक राई, माओवादी नेतृ कृष्ण केसी नमुना, जसपाका नेता अतहर हुसेन फारुकी, नेपाली कांग्रेसकी  नेतृ संगिता चौधरी लगायतका व्यक्तित्वहरु अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया