
नेपालगन्ज : अहिले काँग्रेस बाँकेमा चुनावि सरगर्मि बढेको छ । १९ गते निर्वाचन घोषणा गरिएसगै आकाक्षिहरुले आफ्नो सक्रियता बढाएका छन । काँग्रेस भित्रै गुटउपगुट अनि खुटट तान्ने प्रविधि पनि मौलाउदो छ । अहिले नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ भन्नेहरुपनि पदाधिकारी बन्न लागेको देखिन्छ । राप्ती सोनारीका युवा नेता देव बहादुर खाँण पनि नयाँ नेतृत्व लिन अघि बढेका छन ।
राप्ती सोनारी मात्र नभएर युवा नेता खाँण जिल्लामै चर्चित छन । काँग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन मार्फत उनले खस आर्या तर्फ जिल्ला सदस्यको उमेद्धवारी समेत दिईसकेका छन । काँग्रेस पार्टिमा २०५९/०६० देखि महेन्द्र बहुमुखि क्याम्पसको नेविसंघको इकाई कमिटिको सदस्य भइ राजनितिक रुपमा सक्रिय भएका हुन ।
२०६२/०६३ को जन आन्दोलनमा साविकको फत्तेपुर गाउँ इकाई कमिटिको नेतृत्वमा खाँण नै अगुवाई भएर सहभागि भएका थिए । सगै २०६३ मा काँग्रेसको भातृ संगठन नेपाल तरुणदलको गाउँ इकाई कमिटिको सभापति भएर दुई कार्यकाल पुरा गरेका थिए । संघसगै २०६७ सालमा काँग्रेसको १२ औं अधिवेसनमा क्षेत्रिय प्रतिनिधि भए । त्यसपछि फत्तेपुर गाउँ इकाई कमिटिको संगठन विभाग प्रमुख भएर पार्टिको गतिविधिलाई जनतामाझमा पुगाउने काम गरेका हुन ।
२०६७ र २०७२ मा तरुणदलको जिल्ला सदस्य र १३ औं महाधिवेसनमा क्षेत्र नम्बर एकको लगातार क्षेत्रिय सदस्य भएका थिए । अब युवा नेता खाँणले सदस्य हुन इच्छा जाहेर गरेका छन । फागुन १९ गते हुन गइरहेको काँग्रेस बाँकेको १४ औं महाधिवेसनमा खस आर्या तर्फ जिल्ला सदस्यको रुपमा आउन खोजेका छन । सबल काँग्रेस सक्षम काँग्रेस बनाउन आफुले भुमिका निभाउने युवा नेता खाँणले बताए ।
काँग्रेसमा युवा सहभागिता बढाउन पर्छ र भैरहेका कमि कमजोरीलाई हटाउन मैले उमेद्धवारी दिएको हुँ’ नेता खाँणले बताए । काँग्रेसमा नकारात्मक प्रविधिको हालि मुहाली रहेकाले त्यसलाई हटाउदै क्रियासिल साथिहरुलाई यसमा सक्रिय बनाउन पनि मेरो उमेद्धवारी हो’ उनले भने ।