
नेपालगन्ज : अपाङ्गताभएका बालबालिका लागि प्रारम्भिक पठन सीपको उपयोगिताकाबारे नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । युएसएड र वल्र्ड एजुकेशनको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
अपाङ्गताभएका बालबालिका लागि समावेशी शिक्षा सम्बन्धि सहजीकरण गर्नका लागि कस्ता कस्ता पद्धती अपनाउनुपर्ने, उनीहरुका लागि कस्ता शिक्षक तयार गर्ने लगायतका विषयमा छलफल गरिएको थियो । युएसएड र वल्र्ड एजुकेशनले गत केही वर्ष देखि बाँके र सुर्खेतका पालिकाहरुमा सञ्चालन गरेको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा परियोजना समाप्तीका सन्दर्भमा यसको प्रभावकारिता सम्बन्धमा पनि छलफल गरिएको शिक्षा तथा महासंघ विकास केन्द्रका निर्देशक डा. दिव्या दवाडीले बताउनुभयो ।
नेपालगन्ज उप महानगर पालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राप्तीसोनारी गाउँपालकाका अध्यक्ष तप्त पौडेल, डेक नेपालका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक तथा विभिन्न बुद्धिजीवीको उपस्थिति रहेको थियो ।