स्वतन्त्र उम्मेदवार तिर्थराज घरदैलोमा

राप्ती सोनारी : आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि बाँकेको क्षेत्र नं १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका तिर्थराज डांगीले विहिबार राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका स्थानियहरुसंग भेटघाट गरेका छन ।

डांगीले राप्ती सोनारीको वडा नम्बर ३,४,५,६ र ७ का साथै नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ सम्म पुगेर स्थानिय मतदातासंग भेट गरि आफ्ना योजना सुनाउने र मतदाताका अपेक्षा सुन्ने काम गरिरहेका छन । स्वतन्त्र रुपमा चुनावि मैदानमा होमिएका डांगीलाई स्थानिय जनताले सकारात्मक प्रतिक्रिया दिएका छन ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेका डांगीले यस क्षेत्रको समग्र विकासका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिनु परेको स्थानिय माझ बताए । नेकपा एमालेको प्रदेश कमिटि सदस्य समेत रहेका उनलाई एमालेले टिकट नदिएपछि वागि उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगबाट चुनाव चिन्ह पानीको धारा पाएका डांगीले आफ्नो सक्रियतालाई तिव्र पार्दै लगेका हुन । संगठित बजेटले नै समग्र विकास हुने भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले बताए । स्थानीयका माझ उनी लोकप्रिय नेताका रुपमा चिनिएका छन् । स्थानीयले पनि उनको नेतृत्वको जरुरी रहेको बताउदै आएका छन् ।

प्रतिक्रिया