राप्ती सोनारी ५ का पिडितलाई राहत

राप्तीसोनारी २६, असोज : बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं ५ का पुर्ण क्षति भएका परिवारलाई राहत वितरण गरिएको छ । गाँउपालिकाले उपलब्ध गराएको राहत बुधबार वितरण गरिएको वडाध्यक्ष झगरु थारुले जानकारी दिए ।

गत असोज १८ गतेदेखि करिब एक सातासम्म परेको अविरल वर्षाले वडाका ३ घरमा पुर्ण रुपमा क्षति पुगेको थियो । विस्तापित तीनै परिवारलाई चामल, दाल लगायतका खाद्यान्न, लत्ताकपडा, त्रिपाल गरि प्रतिपरिवार ५ हजारका दरले राहत सामाग्री वितरण गरिएको वडाध्यक्ष थारुले बताए । राहत वितरण कार्यमा वडाका चखमल थारु, खिम बहादुर परियार लगायतले सहजीकरण गरेका थिए ।

धानमा भएको क्षतिको विवरण संकलन गरिदैँ

बाढी र डुबानले राप्ती सोनारी गाँउपालिकाको वडा नं ५ मा धानमा ठुलो क्षति पुगेको छ । पाक्न लागेको धान पानिले पुरै डुबेको थियो । केहि धान बोटमै उम्रेको अवस्था रहेको वडाध्यक्ष झगरु थारुले बताए ।

गतवर्ष यसै समयमा परेको बेमौसमि बर्षाले धानमा ठुलो क्षति बेहोरेका यस क्षेत्रका किसान यसवर्ष पनि तनावमा परेका छन् । धानमा पुगेको क्षतिको विवरण संकलनको काम भइरहेको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया