बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
सुन प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मंगलबारको तुलनामा दुई सयले बढि हो।
invotech
मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला एक हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक हजार दुई सय १५ रूपैयाँमा कारोबार भइरहेको थियो। चाँदी १५ रूपैयाँ सस्तो भएको हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ७७ डलरमा कारोबार भइरहेको छ।