टिकट नपाएपछि करिश्मा ‘सूर्यकुमारी’को गुनासो

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेश गरेसँगै भएको चर्चालाई मत्थर पार्न र थप चर्चा बटुल्न उनैले आफ्नो नाम सूर्य कुमारी रहेको उल्लेख गरेकी थिइन् ।

नाम सूर्य कुमारी भएको उनले उल्लेख मात्र गरेकी थिइनन्, फेसबुकमा समेत आफ्नो नामको पछाडि उनले सूर्य कुमारी थपिन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै आएकी मानन्धरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकटको अपेक्षा पनि गरेकी थिइन् । तर, नेकपा एमालेले उनलाई टिकट दिएन ।

उनले ललितपुर क्षेत्र नम्बर ३ बाट टिकटको अपेक्षा गरेकी थिइन् । तर, टिकट नपाएपछि उनले घुमाउरो पारामा फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।

उनले आफ्नो विद्रोह गर्ने स्वभाव नभएको मात्र उल्लेख गरेकी छैनन्, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्किएर श्वास फेर्नु राम्रो भएकोसमेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया