
नेपालगन्ज : बाँकेको खजुराको किरण नालामा राति २ बजेदेखी रुखमा अडकिएका दुई जना स्थानियको आज विहान उद्धार गरिएको छ । खजुरा गाउँपालिका २ सितापुर स्थित किरण नाला तर्ने क्रममा उनिहरु बगेका थिए ।
बगेर रुखमा अडकिएको थाह भएपछि खजुरा गाउँपापिलकाका नि वर्तमान अध्यक्ष तथा नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का संघिय साम्सद उम्मेदवार किस्मत कुमार कक्षपति, खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, युवा नेता तथा एमालेका तर्फबाट क्षेत्र नम्बर ३ (ख) प्रदेश सदस्यका उमेदवार बनेका भिम ओली लगाएतको नेतृत्वमा आम जनसमुदाय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको थियो । उद्धार कार्यमा शसस्त्र प्रहरीको रेस्क्यु टिम र बिशेष गरि स्थानिय युवाको टिमको सक्रिय सहभागिता रहेको थियो ।
भारतकाे कर्नाटकबाट फर्केका बाँकेकाे खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरका तेजबहादुर खड्का र बर्दियाकाे जयनगरका जनक चाैधरी गए राति २ बजेतिर खाेला तर्ने क्रममा बगेर रुखमा अड्केका थिए ।

