कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

काठमाडौं : कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन्।

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।

स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले नेपालप्रेसलाई बताए ।

उनले भने,’१३ जना बेपत्ता भएका छन् । जाेखिम क्षेत्रमा जनप्रतिनिधिसहित प्रहरी पुगेको छ । अहिले अन्य स्थानीयको उद्दार भइरहेको छ ।’ पहिराेकाे समयमा पुगेकाले उनीहरू तिला नदीमा खसेकाे प्रहरी अनुमान छ ।

कालिकोटमा केहीदिनदेखि पानी परेको र सँगै ठाउँठाउँमा पहिरो खसेकाले सोही पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । उनहिरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया