
नेपालगन्ज : बाँकेको खजुरा दशैको मुखमा सास्कृतिकमय बनेको छ । दशैमा टाढा टाढा बाट घरआउने बढेसंगै गाउँमा सास्कृतिक कार्यक्रमहरु गरिएका हुन । स्थानिय कला सस्कृति जोगाउन पनि खजुराले यस पटक यस्ता कार्यक्रम गर्नु सकारात्मक रहेको स्थानिय कलाकार विमल घर्तिमगरले बताए ।
खजुराको एक नम्बर बजारमा आदर्श युवा बचत समुहले सत्तमीका दिन दशै महोत्सव तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । युवा समुहले दशैको बेला सास्कृतिक कार्यक्रम सहित निःशुल्क स्वास्थ्य शिविर र स्थानिय तिन वटा विद्यालयलाई फोहोर फाल्ने डष्टविन समेत वितरण गरि सामाजिक कार्यको उदाहरण प्रस्तुत गरे । युवा समुहले कुनै सरकारी आर्थिक सहयोग नलिएरै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको थियो । युवाको यो कार्यलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खुलेरै प्रसंसा गरे ।


अष्टमीका दिन खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित डि गाउँमा न्यु डाँफे स्पोट्र्स क्लवले मिनि रङशालाको फिल्डमा दिनमा फुटबलको फाइनल खेल खेलायो भने रातको समयमा सास्कृतिक कार्यक्रम गर्यो । रातको ९ बजेपछि सुरु भएको सास्कृतिक कार्यक्रम हेर्न गाउँभरीका स्थानियहरु आएका थिए । मौलिक प्रस्तुतिहरुलाई प्राथमिकता दिएको कार्यक्रमलाई दर्शकले मन पराए । स्थानिय कलाकारहरुले पुरनाना परम्परालाई जोगाई राख्न नाटकिय शैलिमा प्रस्तुतिहरु दिदाँ दर्शकले तालिले स्वागत गरे । धेरै पछि यस्तो कार्यक्रम गर्न पाउदाँ बल्ल दशै आएको महसुस भएको स्थानिय पुराना कलाकार झवि आलेले बताए ।

अष्ठमीकै दिन राति खजुराको मनकामनापुरमा मनकामना युवा क्लवले स्व. मित्रलाल शर्माको सम्झनामा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । मनकामना क्लवले अघिल्ला केहि वषए अघि देखि पनि यस्ता किसिमका कार्यक्रम गर्दै आइरहेको छ । खजुरामा यस पालि दशैमा समाजिक सदभाव कायम गर्दै शुभकामना आदान प्रदान सगैं सास्कृतिक कार्यक्रम गरेको गरिएको खजुराका पुराना कलाकार मन भण्डारलिे बताए ।
